२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन् । नेपाली समाजमा खीर खाने पर्व साउन १५ को अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले यस्ता पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिक मिठास बोकेको उल्लेख गरेका छन् ।

उनले पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको उल्लेख गर्दै पूर्वजहरूले रोपाइँ सकेर साउन १५ (खीर खाने) पर्वको सुरुवात गरेको स्मरण गरेका छन् ।

उनले लेखेका छन्- ‘आज साउन १५, खीर खाने परम्परागत पर्व । हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए । पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ । जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ। शुभ साउन १५ !, सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् !

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ७ : २४ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर