३ पुस २०८२, बिहिबार | December 18, 2025

विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण



तानसेन । तानसेन नगरपालिका-११ स्थित लिपीन्देवी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न वर्गका ३७ जना विद्यार्थीलाई पाल्पा जेसीजले पाठ्यसामग्रीसहित झोला वितरण गरेको छ । जेसीजले बुधबार विद्यार्थीलाई झोला, कपी, कलम वितरण गरेको हो ।

तानसेन नगरपालिकाका प्रमुख तथा जेसीजका पूर्वअध्यक्ष सन्तोषलाल श्रेष्ठ, जेसीजका अध्यक्ष जेसी विवेककाजी शाक्य, नगरपालिका प्रवक्ता तथा तानसेन-११ का वडाध्यक्ष यादवसिंह कार्की, तानसेन-१ का वडाध्यक्ष तथा जेसीजका पूर्वअध्यक्ष जेसीज सुनिलकुमार बस्याल, जेसीजका निवर्तमान अध्यक्ष जेसी अर्जुन कार्कीलगायतका जेसीज पदाधिकारीले विद्यार्थीलाई उक्त शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

“विपन्न वर्गका विद्यार्थी झोलालगायत शैक्षिक सामग्रीका कारण पढाइबाट वञ्चित हुन नपरोस्, भनेर एक वर्षलाई पुग्ने शैक्षिक सामान उपलब्ध गराएका छौँ”, जेसीजका अध्यक्ष जेसी विवेककाजी शाक्यले भने ।

त्यस अवसरमा नगर प्रमुख श्रेष्ठले उक्त विद्यालयका विद्यार्थीलाई सघाउन रु ५० हजारको अक्षयकोष स्थापनाको घोषणा गरे ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ८ : ०१ बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,