२१ मंसिर २०८२, आइतबार | December 8, 2025

नेपालगन्ज-दिल्ली हवाई उडानको माग गर्न बाँकेबासी एकमत, कर्णाली र सुदूरपश्चिमको पनि साथ खोजिने



नेपालगन्ज । बाँकेमा क्रियाशिल राजनीतिक दल, प्रदेशसभाका सांसदहरु, बाँकेका स्थानीय सरकार प्रमुखहरु, समाजसेवी, बुद्धिजीवी, नागरिक समाजका अगुवाहरुले नेपालगन्ज–दिल्ली हवाई उडानलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा एजेण्डा बनाउन माग गरेका छन् ।

नेपालगन्ज उद्योग बाणिज्य संघको अगुवाईमा गठित दबाब समितिले आह्वान गरेको भेलामा सहभागी राजनीतिक दलका प्रमुखहरु, प्रदेशसभाका सांसदहरु, बाँकेका स्थानीय सरकार प्रमुखहरु, समाजसेवी, बुद्धिजीवी, नागरिक समाजका अगुवाहरुले नेपालगन्ज–दिल्ली हवाई उडानलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा एजेण्डा बनाउन माग गरेका हुन् । भेलाले बाँके जिल्लाबासी सहित कर्णाली र सुदूरपश्चिमका नागरिकहरुलाई समेत एकजुट गराई प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

बृहत् छलफलमा एक मतका साथ यो एजेण्डालाई राज्यको एजेण्डा बनाउन दबाब सिर्जना गर्ने निष्कर्ष निकालिएको दवाव समितिका संयोजक टंकबहादुर धामीले बताए ।

नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका धामीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपस्थित भएका प्रदेशसभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधिहरु र सम्वद्ध सरोकारवालाहरुले नेपालगन्जबाट दिल्ली उडान भर्न रुट इजाजत देखि उडान अनुमति सम्मको कार्य गर्नका लागि एक ढिक्का भएर दवाव सिर्जना गर्नुपर्ने बताएका छन् । उनीहरुले त्यसका लागि आ(आफ्नो तर्फबाट पूर्ण साथ रहने प्रतिवद्धता समेत जनाएका छन् ।

छलफलमा बोल्दै संविधानसभा सदस्य एवम् प्रदेशसभा सदस्य बादशाह कुर्मीले नेपालगन्ज्–दिल्ली उडानले यहाँको आर्थिक तथा पर्यटकीय क्षेत्रमा ठूलो प्रभाव पार्ने भएकाले सरकारलाई भ्रमणको एजेण्डा बनाउन आग्रह गरे । उनले प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डमा यो मुद्दालाई समावेश गर्न आफ्नो पूर्ण समर्थन र पहलकदमी रहने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा मधेशी आयोगका सदस्य विजय गुप्ता, प्रदेशसभा सदस्य अम्बिका काफ्ले, नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, नेकपा (एमाले) बाँकेका सचिव बलराम भट्टराई, माओवादीका प्रतिनिधि प्रेम शाह, रास्वपाका अध्यक्ष हरिपाल सिंह केसी, नेकपा एकीकृत समाजवादी बाँकेका अध्यक्ष दीपक जिएम, रापप्रा अध्यक्ष नरेन्द्र पौडेल, जसपाका नेता अख्तर हुसेन फारुकी, जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, नेपालगञ्जका कार्यबहाक मेयर कमरुद्दिन राई, कोहलपुरकी कार्यबहाक मेयर संगिता सुवेदी, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, खजुरा उपाध्यक्ष मञ्जु मल्ल, नेपालगञ्जका पूर्व मेयर विजय गुप्ता, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले नेपालगन्ज(दिल्ली उडान आवश्यक रहेको बताउँदै यो अभियानमा आफुहरुको साथ र समर्थन रहने प्रतिबद्धता जनाए । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्यहरु दुर्गा प्रसाद चौधरी, भण्डारीलाल अहिर, मिना श्रेष्ठ लगायतको पनि उपस्थिति थियो ।

नेपालगन्ज् विमानस्थल प्रमुख सुम्मत प्रसाद चौधरीले अहिलेको विमानस्थलको संरचना दिल्ली उडानका लागि पर्याप्त रहेको भन्दै अनुमति पाए अहिले उडिरहेकै क्षमताका जहाज सजिलै उडाउन सकिने बताए । निर्माणाधीन अत्याधुनिक नयाँ टर्मिनल भवन पनि त्यसै किसिमले बनेकोले भौतिक पूर्वाधार र संचरनाको समस्या नरहेको बताए ।

उनका अनुसार भदौभित्रै नयाँ टर्मिनल भवन सञ्चालनमा ल्याउने तयारी छ । प्रतिघण्टा ६०० यात्रु क्षमता रहेको विमानस्थलको नयाँ टर्मिनल भवनमा भन्सार, अध्यागमन, अत्याधुनिक रेष्टुरेन्ट, बालउद्यान, व्यवसायिक कम्लेक्स, आईटेक सुरक्षा संयन्त्रको व्यवस्था रहेको छ ।

सहभागीहरुले माग पूरा नहुँदासम्म अभियानलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिँदै चुनौतिहरुको पनि लेखाजोखा गर्दै रणनीतिक हिसाबले पनि अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

नेपालगञ्ज–दिल्ली उडानको दबाब बढाउन गत जेठ २३ गते भएको सर्वपक्षीय सरोकारवालाको भेलाले अध्यक्ष धामीको संयोजकत्वमा ‘नेपालगञ्ज–दिल्ली उडान दबाब समित’ गठन गरेको थियो । नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव भीम बहादुर रानाभाटले सोही समूहको अगुवाईमा अहिले दबाब बढाउने कार्यलाई अगाडि बढाइएको बताए ।

रानाभाटका अनुसार प्रधानमन्त्रीलाई भेटेर हस्तान्तरण गर्ने प्रतिवेदन तयार गर्न नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीको संयोजकत्वमा अध्ययन प्रतिवेदन निर्माण समिति पनि गठन गरिएको छ । यो समितिले १७ गतेभित्र नेपालगञ्ज–दिल्ली उडानको आवश्यकता, औचित्य र महत्वबारे प्रतिवेदन तयार पार्ने संयोजक गिरीले बताए । जुन प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिनेछ ।

नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले प्रधानमन्त्रीको आसन्न भ्रमणमा यो एजेन्डालाई समावेश गराउन राज्यलाई दबाब दिनका लागि नेपालगञ्जबाट एक टोली काठमाडौं जाने बताए । उनका अनुसार टोलीले काठमाडौंमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साँसदहरुसँग छलफल गर्नुका साथै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

नेपालगञ्ज(दिल्ली उडान सुरु भएमा विशेष गरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्नेछ । ठूलो संख्याका भारतीय बर्सेनी मानसरोबर यात्रामा जाने गर्दछन् भने हवाई उडान संचालन भएमा कर्णालीको रारा, फोक्सुण्डो, स्यार्पु, सुदूरपश्चिमको खप्तड, लुम्बिनीको स्वर्गद्वारी, सुपा देउराली आउने भारतिय पर्यटकलाई सहज गन्तब्य हुन सक्ने छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ९ : ०० बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब