काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ ।
पार्टी मुख्यालय, पेरिसडाँडमा दिउँसो १ बजे बस्ने उक्त बैठकका लागि बुधवार नै अजेन्डा तय गरिएको थियो ।
उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको पहाडी जिल्ला अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्नेलगायतका रहेका छन ।
साथै, समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल गर्ने र सङ्गठन निर्माण विकास, आन्तरिक एकता सुदृढीकरणबारे पनि छलफल हुनेछन् । बैठकमा पार्टीभित्र देखिएको अन्तर्विरोधलाई समाधान गर्ने उपायका विषयमा पनि छलफल हुने बताइएको छ ।
हालै मात्र उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्ड लक्षित व्यक्तिगत टिप्पणी गरेपछि सो पार्टीमा रहेको दुई संस्थापन र शर्मा पक्षीय गुटसमर्थकबीच सामाजिक सञ्जालबाट एकअर्कालाई आक्षेप लगाउने क्रम बढेको छ ।



















प्रतिक्रिया