१८ भदौ २०८३, बिहिबार | September 3, 2026

‘सरकारले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’



काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाको वर्तमान समस्या समाधान गर्न विधान संशोधन गर्ने जनाएको छ ।
सो समितिका तर्फबाट शुक्रबार जारी गरेकोविज्ञप्तिका अनुसार यस कार्यमा सहयोग गर्न आग्रह गरेको हो । समाज कल्याण परिषदमा आवद्ध भएर समितिले काम गर्ने बताएको छ ।

सरकारले हालै समिति गठन गठन गर्दै नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधान शंसोधन र संशोधित विधान बमोजिम केन्द्रीय महाधिवेशन गर्ने मुख्य कार्यभार पूरागर्न कार्यादेश दिएको छ । कार्यादेश पूरा गर्न आवश्यक सद्भाव, सहयोग, समन्वय र सहकार्यका लागि रेढक्रसको नयाँ नेतृत्वले आग्रह गरेको छ ।

नेपाल रेडक्रसमा लामो समयदेखि चल्दै आएको विवाद चुलिँदै जाँदा २०८१ सालमा २ वटा समानान्तर समिति नै बन्न पुगेको थियो । नेतृत्वको वैधानिकता माथि प्रश्न, आर्थिक अपचलनको आरोप र बिभिन्न विवादमा रेडक्रस नेतृत्व परेपछि अन्तर्राष्ट्रिय रेडक्रस (IFRC) ले नेपाल सरकारलाई दुई महिनाभित्र स्वतन्त्र समिति गठन गर्न, विधान संशोधन गर्न र नयाँ निर्वाचन गर्न सिफारिश गरेको थियो । यसलाई कार्यान्वयन नगरेमा संभावित प्रतिबन्धको चेतावनी पनि अन्तर्राष्ट्रिय रेडक्रसले दिएपछि सरकारले नेपाल रेडक्रसको नयाँ तदर्थ समिति गठन गरेको हो । यद्देपी नव नियुक्त रेडक्रसका सदस्यहरु पनि दलगत भागवण्डाबाट पार्टी कार्यकर्ताहरु चयन भएपछि आलोचना हुँदै आएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ८ : ४९ बजे

मन्त्रिपरिषद्का ७ निर्णय : एडीबीको अनुदान स्वीकार्ने, भदौ २३ गते सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा

भोटेकोशी बाढी र उद्धार प्रयासबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौंस्थित कूटनीतिक समुदायलाई भोटेकोशी बाढी

नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

संसद् बैठकमै ढले कांग्रेस सांसद खड्का, उपचारका लागि वीर अस्पताल लगियो

काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का

प्रधानमन्त्री शाह र नेकपा नेता वर्षमान पुनबीच भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता