५ भदौ २०८३, शुक्रबार | August 22, 2026

बाँके युनेस्को क्लवको अध्यक्षमा प्रवेजअलि सिद्दिकी निर्विरोध निर्वाचित



नेपालगन्ज । बाँके, बर्दियालगायतका जिल्लाहरुमा सामाजिक क्षेत्रमा क्रियाशिल बाँके युनेस्को क्लबको ११ औ अधिवेशन क्लवका संरक्षक प्रवेजअलि सिद्दिकीलाई निर्विरोध अध्यक्ष चयन गर्दै सम्पन्न भएको छ । शनिवार नेपालगन्जमा भएको ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभा क्लबका संस्थापक अध्यक्ष सिद्दिकीलाई नयाँ कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गर्दै सम्पन्न भएको हो ।

अधिवेशनले सिद्दिकी नेतृत्वमा ११ जना पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा पन्चम गुरुंग, महासचिवमा बुधेश जयसवाल, सचिवमा फिरदौस जहाँ खान, कोषाध्यक्षमा जावेद सिद्दिकी र सदस्यहरुमा मिना भुषाल, भावुकजंग थापा, मिना चौधरी, सोबिया सिद्दिकी, श्वेता गुरुंग र सपना परियार निर्वाचित भएका छन् ।

यसअघि क्लबको ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै युनेस्कोका निमित्त नेपाल राष्टि«य आयोगका सदस्य हरिवंश किराँतले ३६ वर्षको अवधीमा क्लबले गरेका उल्लेखनीय तथा उदाहरणीय कार्यहरुको प्रशंसा गरेका थिए । उनले युनेस्कोले गरेको कार्य परिणाममुखी र उदाहरण्ीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि क्लवले सामाजिक क्षेत्रमा गरिने असल कामलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा शुभकामना मन्तव्य दिंदै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, बर्दिया गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतम र मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीलगायतले क्लबले बाँके र बर्दियाका पालिकाहरुमा शिक्षा, स्वास्थ्य तथा मानवबेचविखन बिरुद्ध र विपद व्यवस्थापनमा उल्लेख्य कार्य गरेको चर्चा गरेका थिए ।

बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको उदघाटन कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, क्लबका उपाध्यक्ष पन्चम गुरुंग लगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

क्लबका सहायक कार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछानेले संस्थाको समग्र प्रगति प्रतिवदेन प्रस्तुत गरेका थिए । कार्यक्रममा वर्षको उत्कृष्ठ कर्मचारीको रुपमा ईश्वर विक, गोविन्द लामिछाने र अनु चौधरीलाई नगदसहित पुरस्कृत गरिएको थियो । संस्थाले सञ्चालन गरेका विभिन्न परियोजनामा कार्यरत कर्मचारीहरुलाई पनि सो अवसरमा प्रशंसापत्र प्रदान गरिएको थियो ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष सिद्दिकीले सबैलाई समेटेर संस्थाको हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा युनेस्को आयोगका सदस्य तबस्सुम अन्सारी, लायन्स क्लब इन्टरनेशनलका पूर्व डिस्ट्रिक गवर्नर सेम शाक्यलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ९ : २१ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको