५ पुस २०८२, शनिबार | December 20, 2025

आज साउनको तेस्रो सोमबार, पशुपतिलगायत शिवालयमा भक्तजनको भीड



काठमाडौं । साउन महिनाको तेस्रो सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरेको छ ।

पशुपति क्षेत्रमा अहिले पनि हजारौँ भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन् । साउन महिना र सोमबार भगवान् शिवको प्रिय महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ । यस वर्ष साउन महिनामा चारवटा सोमबार परेका छन् ।

साउन महिनाको अर्को आकर्षण बोलबम यात्रा पनि हो । शिवभक्त हिन्दू धर्मावलम्बीहरू पहेँलो पोशाक लगाएर खाली खुट्टा पैदल हिँडेर पशुपतिनाथको दर्शनका लागि पुग्ने गर्दछन् ।

काठमाडौं उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ८ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको