२९ मंसिर २०८२, सोमबार | December 15, 2025

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना मागहरूलाई दोहोर्‍याउँदै आजको प्रतिनिधिसभा बैठक पनि बहिष्कार गरेको छ।

बैठक सुरु भएलगत्तै सभामुख देवाराज घिमिरेले दुवै पार्टीले सदनलाई असहयोग गरेको टिप्पणी गर्दै रास्वपाका असिम शाह र राप्रपाका ध्रुव प्रधानलाई बोल्न समय दिएका थिए ।

दुवै पार्टीका सांसदहरूले पुराना मागहरू अझै सम्बोधन नभएको भन्दै बैठकबाट बाहिरिएका हुन् ।

रास्वपा सांसद असिम शाहले भिजिट भिसा प्रकरणमा सरकारले अनुसन्धान नगरेको आरोप लगाए। उनले गृहमन्त्रीलाई सोध्नुपर्ने अवस्था आएको भन्दै सभामुखसमक्ष प्रश्न राखे— “भिजिट भिसाको नाममा भएको मानव तस्करहरूको फाइल अहिले कहाँ छ ?”

यसैगरी राप्रपाका ध्रुवबहादुर प्रधानले सभामुखको टिप्पणीप्रति प्रतिटिप्पणी गर्दै आफुहरुले संसदलाई सहयोग गरेको बरु सरकारले सहयोग नगरेको बताए । उनले सभामुखले संसदको अवरोध हटाउन पहल गर्नुपर्ने सुझाव समेत दिए ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  २ : ०३ बजे

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी