२१ चैत्र २०८२, शनिबार | April 4, 2026

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना मागहरूलाई दोहोर्‍याउँदै आजको प्रतिनिधिसभा बैठक पनि बहिष्कार गरेको छ।

बैठक सुरु भएलगत्तै सभामुख देवाराज घिमिरेले दुवै पार्टीले सदनलाई असहयोग गरेको टिप्पणी गर्दै रास्वपाका असिम शाह र राप्रपाका ध्रुव प्रधानलाई बोल्न समय दिएका थिए ।

दुवै पार्टीका सांसदहरूले पुराना मागहरू अझै सम्बोधन नभएको भन्दै बैठकबाट बाहिरिएका हुन् ।

रास्वपा सांसद असिम शाहले भिजिट भिसा प्रकरणमा सरकारले अनुसन्धान नगरेको आरोप लगाए। उनले गृहमन्त्रीलाई सोध्नुपर्ने अवस्था आएको भन्दै सभामुखसमक्ष प्रश्न राखे— “भिजिट भिसाको नाममा भएको मानव तस्करहरूको फाइल अहिले कहाँ छ ?”

यसैगरी राप्रपाका ध्रुवबहादुर प्रधानले सभामुखको टिप्पणीप्रति प्रतिटिप्पणी गर्दै आफुहरुले संसदलाई सहयोग गरेको बरु सरकारले सहयोग नगरेको बताए । उनले सभामुखले संसदको अवरोध हटाउन पहल गर्नुपर्ने सुझाव समेत दिए ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  २ : ०३ बजे

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा