१५ माघ २०८२, बिहिबार | January 30, 2026

भरतपुर महानगरको दुई ठाउँबाट दमकल सेवा



चितवन । भरतपुर महानगरपालिकाले दुई स्थानबाट दमकल सेवा सञ्चालन गरेको छ । भरतपुर महानगरपालिकाको कार्यालय र पश्चिम चितवनको गुञ्जनगरमा दमकल राखेर सेवा दिने गरिएको छ ।

महानगरका वारुणयन्त्र अधिकृत देवेन्द्रराज रेग्मीका अनुसार यी दुई ठाउँबाट चितवन जिल्लाभरि नै र छिमेकी जिल्लामा समेत सेवा दिने गरिएको छ । उनका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा चितवन र नवलपुरमा गरेर १३३ आगलागीका घटना भएका थिए । महानगर कार्यालयमा रहेको दमकलले ९७ र गुञ्जनगरमा रहेको दमकलले ३६ ठाउँको आगो निभाएको थियो । कतिपय ठाउँमा आगो निभाउन दुवै दमकल प्रयोग गरिएका छन् ।

महानगरपालिकाको कार्यालयमा दुई र गुञ्जनगरमा एउटा दमकल रहेको छ । महानगरपालिकाको विपद् व्यवस्थापन शाखाप्रमुख बालकृष्ण थपलियाले गर्मीयामको समयमा हुन सक्ने आगलागीमा उद्धार, राहत तथा व्यवस्थापन कार्यसम्बन्धी सचेतनाका लागि कृत्रिम घटनाका अभ्यासमार्फत नागरिकलाई सचेत बनाइएको बताए ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ४ : ३१ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला