काठमाडौं । कैलाली कारागारमा कैदीबन्दीबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा ४८ जना घाइते भएका छन् ।
मृतकको पहिचान तत्काल खुलाइएको छैन । सम्बन्धित परिवार र स्थानीय तहसँग समन्वयको प्रयास गरे पनि सम्पर्क नभएको कारागार प्रशासनले जनाएको छ । घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको छ ।
उनीहरुमध्ये पाँच जना डिस्चार्ज भइसकेका छन् । निमित्त कारागार प्रशासक रामकुमार चौधरीका अनुसार कारागारको ए, बी र महिला गरी तीन ब्लक छन् । ए र बी ब्लकका कैदीबीच झडप भएको हो ।
उनका अनुसार टीकापुरको कर्तव्य ज्यान सम्बिन्धी एकै मुद्दाका १८ कैदी त्यहाँ छन् । उनीहरुलाई अन्यत्रै स्थान्तरणको तयारी भएको थियो । त्यसैक्रममा उनीहरु एकआपमै कुटाकुटमा उत्रिएका हुन् ।
कारागार स्रोतका अनुसार कैदी स्थान्तरण गर्दा उनीहरुभित्रै नाईके र भाइ नाईकेको बन्ने भन्ने विषयामा विवाद भएपछि झडपको अवस्था बनेको हो । घटनाबारे थप छानविन भइरहेको चौधरीले बताए । यसअघि बिहीबार पनि कैदी स्थान्तरणको विषयलाई लिएर विवाद हुँदा पाँच जना घाइते भएका थिए ।


















प्रतिक्रिया