५ माघ २०८२, सोमबार | January 20, 2026

ख्याकुवामा खानेपानीको पहुँच



काभ्रेपलाञ्चोक । पनौती नगरपालिका-११ स्थित ख्याकुमा ख्याकु-देवीखोला खानेपानी आयोजना निर्माण सम्पन्न गरी एक सय ७५ परिवारलाई खानेपानी उपलब्ध गराइएको छ । खानेपानी आयोजना तथा सरसफाइ उपभोक्ता समितिलाई ‘सफा र स्वच्छ’ समुदाय घोषणासमेत गरी आयोजना समुदायलाई हस्तान्तरण गरिएको हो ।

उक्त खानेपानी आयोजनाअन्तर्गत विद्यालय र मन्दिरसहित एक सय ७५ घरमा खानेपानीको धारा जडान गरिएको समितिले जनाएको छ । ख्याकु, बेँसीगाउँ, महन्तटोल, महतटोल र घैँडाँडाबाट स्कुलसम्मका बस्ती अब सुरक्षित र खानेपानी सेवाबाट प्रत्यक्ष लाभान्वित भएको घोषणा गरिएको हो ।

कुल रु ८३ लाख ४८ हजारको लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ । उक्त आयोजनाका लागि नेपाल स्वास्थ्यका लागि खानेपानी (नेवा)बाट रु ४२ लाख ४१ हजार ७००, पनौती नगरपालिकाबाट रु १६ लाख ९१ हजार ४०० र उपभोक्ताको श्रमदानबाट रु २४ लाख १४ हजार ८०० खर्चिएको आयोजनाका अध्यक्ष मोहन थापाले जानकारी दिए ।

यसअघि गत हप्ता पनौती नपा-११ कै बल्थलीमा २०८१ असोजको बाढीपहिराले क्षतिग्रस्त खानेपानी आयोजना पुनर्निर्माण गरी एक सय ९५ परिवारलाई पुनः खानेपानी उपलब्ध गराइएको थियो । बाढीपहिरोले क्षति पुर्याएको उक्त नेपाने-फ्याङखोला खानेपानी तथा सरसफाइ योजनालाई ‘ग्राभिटी सिष्टम’मार्फत पुनर्निर्माण गरी बल्थलीका दुई बस्तीका उपभोक्तालाई पुनः खानेपानी उपलब्ध गराइएको हो ।

बल्थलीस्थित नेपानेका एक सय २३ र डाँडागाउँका ७२ घरपरिवार पुनः ‘एक घर-एक धारा’ कार्यक्रममा जोडिएका हुन् । विसं २०४७ मा निर्माण उक्त आयोजना २०७२ सालको विनाशकारी भूकम्प र गत असोजको बाढीपहिराले क्षति पुर्याएपछि दाता संस्थाको सहयोगमा आर्थिक सहयोगमा पुनर्निर्माण गरी उपभोक्तालाई सहज बनाइएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ८ : २६ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच