१ पुस २०८२, मंगलबार | December 16, 2025

शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार बिहान शीतल निवासमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानमा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागिता जनाएर स्वदेश फर्किएपछि राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।

भेटवार्तामा राष्ट्रपति पौडेलले संसदमा फिर्ता पठाएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६’ संशोधन विधेयकबारे छलफल भएको बुझिएको छ। उक्त विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पुगेको थियो तर राष्ट्रपति पौडेलले यसलाई संविधानसँग बाझिएको ठहर गर्दै संसदमा पुनः फिर्ता पठाएका थिए।

प्रधानमन्त्री ओली भने सो विधेयक जस्ताको तस्तै पारित हुनुपर्ने पक्षमा रहेका छन्।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १० : ५८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज