२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

प्रधानमन्त्री ओलीले मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन गर्दै 



धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम छ ।
जनकपुरधाम उपमहानगरपालिका–४ मा करिब रु २३ करोड १० लाख ४३ हजार ४०७ को लागतमा प्रदेश प्रहरी कार्यालय निर्माण गरिएको भवन प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता गणेश नायकले जानकारी दिए ।
विसं २०८० असोज १० निर्माण सम्झौता भई भवन निर्माण सुरु भएको थियो ।
प्रधानमन्त्री ओलीले आजै महोत्तरीको सोनमा गाउँपालिकामा कालोपत्र सडक निर्माणको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको पूर्वाधार विकास कार्यालय जलेश्वरका प्रमुख राजेलाल कर्णले जानकारी दिए ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाअन्तर्गत महोत्तरीको हुलाकी राजमार्ग रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर खण्डको आठ दशमलव ३८४ किलोमिटर सडक कालोपत्र गर्न लागिएको हो ।
विसं २०८३ चैत ११ गतेभित्र सम्पन्न गर्नुपर्ने यस परियोजनाको कूल रु ३४ करोड ६९ लाख ५० हजार ६१६ रहेको छ । विश्व बैंकको ऋण सहयोगबाट निर्माण हुने यो सडक रु १९ करोड सात लाख ८३ हजार ६१८ मा ठेक्का सम्झौता भएको छ । यस योजनाअन्तर्गत प्रदेशका २१ स्थानीय तहका केन्द्रहरूलाई पक्की सडक सञ्जालसँग जोडिने छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १२ : ०० बजे

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको