२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

बाघको आक्रमणबाट बर्दियामा जगरानी थारुको मृत्यु



बर्दिया । बर्दियामा बाघको आक्रमणबाट शरीर टाउको अलग भएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको गुलरिया नगरपालिका-१२ भैसाहीको पश्चिमतर्फ पर्ने नर्सरी नजिकै भैसाहीकी करिब ४५ वर्षीया जगतरानी थारुको शव फेला परेको हो ।

आफ्नै खेतमा काम गर्ने क्रममा बाघले आक्रमण गर्दा भैसाहीकी करिब जगतरानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बाघको आक्रमणमा जगतरानीको शरीर र टाउको अलग भएको अवस्थामा आज बिहान सवा ११ बजेतिर शव फेला परेको हो ।

स्थानीयले जगतरानीको शव देखेपछि वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेका थिए । जगतरानीलाई ममफली गोड्न खेतमा गएका बेला बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । शुक्रबार साँझ नै जगरानीलाई बाघले आक्रमण गरेको प्रहरीले अनुमान गरेको छ । उनी शुक्रबार बेलुका नै खेतमा गएको बताइएको छ । एउटै गाउँमा घर र माइती भएका कारण घरकाले माइती गएको र माइतकाले घरमै रहेको थानेर अबेरसम्म घर नआउँदा पनि खोजी कार्य नगरेको प्रहरीको भनाई छ ।

उनका श्रीमान् र जेठा छोरा वैदेशिक रोजगारको सिलसिलामा विदेशमा छन् भने कान्छा छोरा र बुहारी घरमै छन् ।जगतरानीको शवलाई पोस्टमार्टमका बर्दिया जिल्ला अस्पतालमा राखिएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १० : १५ बजे

आजको मौसम : पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,

कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

मोरङ । कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण