२९ भदौ २०८३, सोमबार | September 15, 2026

कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर



मोरङ । कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारीअनुसार उक्त निर्वाचनमा प्रदेशका १४ जिल्लाको २८ निर्वाचन क्षेत्रमा २० लाख ८४ हजार २१९ मत खसेको मध्ये १९ लाख ५३ हजार ३७२ मत सदर भएको थियो ।

निर्वाचनमा ताप्लेजुङमा दुई हजार ६८६, पाँचथरमा तीन हजार ८९७, इलाम-१ मा चार हजार ५६६, इलाम-२ तीन हजार ८९५, झापा-१ चार हजार २६९, झापा-२ चार हजार ४६९, झापा-३ पाँच हजार ६२९, झापा-४ चार हजार ७६८ र झापा-५ चार हजार २१९ मत बदर भएको छ ।

यसैगरी, सङ्खुवासभामा तीन हजार ७८०, तेह्रथुममा एक हजार ९०९, भोजपुरमा तीन हजार ८७१ र धनकुटामा चार हजार ८८३ मत बदर भएको छ । यसैगरी, मोरङ-१ मा चार हजार ८३७, मोरङ-२ मा छ हजार ५०, मोरङ-३ मा छ हजार ८२७, मोरङ-४ मा पाँच हजार २५६, मोरङ-५ मा सात हजार ८८९ र मोरङ-६ मा पाँच हजार ६४४ मत बदर भएको कार्यालयले जनाएको छ ।

यसैगरी, सुनसरी-१ मा चार हजार ४८९, सुनसरी-२ मा छ हजार २२९, सुनसरी-३ मा पाँच हजार ६११, सुनसरी-४ मा छ हजार ६७४, सोलुखुम्बुमा एक हजार ९९०, खोटाङमा तीन हजार ९२८, ओखलढुङ्गामा तीन हजार ३५६, उदयपुर-१ मा पाँच हजार ५४७ र उदयपुर-२ मा तीन हजार ६७३ मत बदर भएको छ ।

सबैभन्दा बढी मत बदर मोरङको क्षेत्र नं ५ मा १० दशमलव ०६ र सबै कम झापा क्षेत्र नं ५ मा तीन दशमलव ९६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ७ : २७ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ