५ पुस २०८२, शनिबार | December 20, 2025

विदेशी मुद्रासहित आलम पक्राउ



राजविराज । प्रहरीले राजविराज विमानस्थलबाट ठूलो मात्रामा आज विदेशी मुद्रासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका-११ का ३३ वर्षीय मोहमद खुर्सिद आलम रहेका छन् ।

प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार बुद्ध एयरको जहाजबाट राजविराजदेखि काठमाडौं यात्रा गर्न लागेका आलमलाई विमानस्थलमा खटिएको प्रहरीले जाँचको क्रममा उनीसँग स्रोत नखुलेको साउदी रियाल ३५ हजार नौ सय ७६ बरामद गरेको हो ।

उक्त रकमको वैधता प्रमाणित गर्न नसकेपछि आलमलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । बरामद रकमसहित उनलाई आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको प्रहरी उपरीक्षक केसीले बताए ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  १२ : ०७ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा