१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत शिक्षक नियुक्ति गर्न विद्यार्थी संगठनहरूको माग



काठमाडौं । सोह्र विद्यार्थी सङ्गठनले अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् ।

संयुक्त विद्यार्थी सङ्गठनका तर्फबाट आज प्रतिनिधिसभा, स्वास्थ्य शिक्षा तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले पटक–पटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाएर सरकारले विद्यार्थीका मुद्दा र विधेयकप्रति उपेक्षा गरेको आरोप लगाएका छन् । विद्यार्थी सङ्गठनले विद्यालय शिक्षक नियुक्ति प्रक्रियालाई समावेशी बनाउन तथा शत्प्रतिशत खुला प्रतिस्पर्धामार्फत शिक्षक नियुक्ति गर्न माग गरेका छन् ।

विद्यार्थी सङ्गठनको अनिवार्य सहभागितामा सर्वपक्षीय संवाद, वार्ता र छलफलमार्फत मात्र विधेयक अघि बढाउन उनीहरुले अनुरोध गरेका छन् ।

ध्यानाकर्षणपत्रमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी सङ्घ, अखिल (समाजवादी), समाजवादी विद्यार्थी युनियन, नेपाल, अखिल (क्रान्तिकारी), अखिल (छैटौँ), विद्यार्थी जनमत सङ्घ, नयाँ शक्ति विद्यार्थी युनियन, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन, अखिल (पाँचौँ), राष्ट्रिय विद्यार्थी मञ्च, अखिल नेपाल विद्यार्थी युनियनलगायतले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ५ : ३६ बजे

अर्थमन्त्रीले राष्ट्रपतिलाई गराए बजेटबारे जानकारी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न निजी क्षेत्रको आग्रह

काठमाडौं । निजी क्षेत्रका छाता सङ्गठन नेपाल उद्योग परिसङ्घ र

एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्र मन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजानिक गरिएको

कम्युनिस्ट पार्टी पुनर्गठन गरेर जाने विषयमा छलफल भइरहेको छ : अग्नी सापकोटा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले आगामी

कांग्रेसले संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने

काठमाडौं । नेपाली कांग्रेसले सङ्घीय संसद्मा पार्टीको भूमिका थप प्रभावकारी