१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत शिक्षक नियुक्ति गर्न विद्यार्थी संगठनहरूको माग



काठमाडौं । सोह्र विद्यार्थी सङ्गठनले अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् ।

संयुक्त विद्यार्थी सङ्गठनका तर्फबाट आज प्रतिनिधिसभा, स्वास्थ्य शिक्षा तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले पटक–पटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाएर सरकारले विद्यार्थीका मुद्दा र विधेयकप्रति उपेक्षा गरेको आरोप लगाएका छन् । विद्यार्थी सङ्गठनले विद्यालय शिक्षक नियुक्ति प्रक्रियालाई समावेशी बनाउन तथा शत्प्रतिशत खुला प्रतिस्पर्धामार्फत शिक्षक नियुक्ति गर्न माग गरेका छन् ।

विद्यार्थी सङ्गठनको अनिवार्य सहभागितामा सर्वपक्षीय संवाद, वार्ता र छलफलमार्फत मात्र विधेयक अघि बढाउन उनीहरुले अनुरोध गरेका छन् ।

ध्यानाकर्षणपत्रमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी सङ्घ, अखिल (समाजवादी), समाजवादी विद्यार्थी युनियन, नेपाल, अखिल (क्रान्तिकारी), अखिल (छैटौँ), विद्यार्थी जनमत सङ्घ, नयाँ शक्ति विद्यार्थी युनियन, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन, अखिल (पाँचौँ), राष्ट्रिय विद्यार्थी मञ्च, अखिल नेपाल विद्यार्थी युनियनलगायतले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ५ : ३६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा