काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले आफ्ना सांसदलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाएका छन् । कांग्रेसका एक सांसदका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म आफ्ना सांसदलाई दलको कार्यालयमा उपस्थित हुन भनिएको छ । उनका अनुसार आकस्मिक बैठकको प्रयोजन हस्ताक्षर संकलनसँग सम्बन्धित रहेको छ ।
यस्तै, एमालेले पनि आफ्ना सांसदलाई बिहान साढे १० बजे दलको कार्यालयमा उपस्थित हुन सूचना पठाएको छ । उपसभामुख इन्दिरा रानामगरले संसद सचिवालयको लेटरप्याड प्रयोग गरी विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि लामो समयदेखि छानबिनको माग भइरहेको छ ।
सत्तारूढ दलहरूले उपसभामुखलाई पदबाट हटाउने योजनाअनुसार आकस्मिक बैठक बोलाइएको अनुमान गरिएको छ ।


















प्रतिक्रिया