१० असार २०८३, बुधबार | June 24, 2026

चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष र उपसभामुखबीच द्विपक्षीय भेटवार्ता



काठमाडौं । उपसभामुख इन्दिरा राना मगर र चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी बीच द्विपक्षीय भेटवार्ता भएको छ ।

उपसभामुख राना मगरको निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आएका उपाध्यक्ष सियाओ र उपसभामुख रानाबीच होटल द्वारिकामा द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटमा उपसभामुख रानाले नेपालले कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको विरोध गर्दै आएको बताइन् । उनले नेपालको एक चीन सिद्धान्तप्रति प्रतिबद्धता दोहो¥याउँदै हाम्रो भूभाग चीनको हित विरुद्ध प्रयोग नहुने कुरा सुनिश्चित गर्न पनि उत्तिकै प्रतिबद्ध रहेको उल्लेख गरिन् । ‘हामी नेपालको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गर्ने चीनको सिद्धान्तनिष्ठ अडानलाई पनि गहिरो महत्व दिन्छौं,’ उनले भनिन्, ‘नेपाल एक चीन सिद्धान्तप्रति दृढतापूर्वक प्रतिबद्ध छ। हाम्रो भूभाग चीनको हित विरुद्ध प्रयोग नहुने कुरा सुनिश्चित गर्न हामी उत्तिकै प्रतिबद्ध छौं।’

भेटका अवसरमा उपसभामुख रानाले पूर्वाधार, कनेक्टिभिटीदेखि स्वास्थ्य, शिक्षा र विपद्पछिको पुनर्निर्माणसम्मका हाम्रा राष्ट्र निर्माण प्रयासहरूमा चीनको उदार सहयोगको लागि आभार पनि ब्यक्त गरिन् । उनँले नेपाल र जनवादी गणतन्त्र चीनबीच सदियौंदेखि रही आएको सौहार्दपूर्ण सम्बन्ध हालैका वर्षहरूमा अझ व्यापक र घनिष्ठ बन्दै गएको बताइन् । ‘नेपाल–चीन सम्बन्धले दुवै देशका नागरिकहरूको विकास, समृद्धि र दिगो शान्ति प्राप्तिको साझा आकांक्षा पूरा गर्न महत्वपूर्ण आधारशीला प्रदान गरेको कुरामा म विश्वस्त छु ।’ उनले भनिन् ।

उपसभामुख रानाले नेपालका विकास आकांक्षाहरू, विशेष गरी कनेक्टिभिटी र पूर्वाधार विकासमा, साकार पार्न चीनको निरन्तर सहयोग चाहिने कुरामा जोड दिदै चीनलाई नजिकको मित्र र छिमेकीका साथै एक विश्वसनीय विकास साझेदारको रूपमा नेपालले भरोसा गरेको स्पष्ट पारिन् ।

भेटमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, राष्ट्रिय सभा अन्र्तगत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम ग्लोल्जेन शेर्पा, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली लगायत सहभागी थिए । चिनियाँ पक्षबाट राजदूत छेन् सोङ्गसहित उच्च अधिकारी सहभागी थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  २ : ४३ बजे

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो

रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीको उम्मेद्वारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ सदस्यीय केन्द्रीय

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५

कूटनीतिमा महिला दिवस : विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा

क्रोएसियाको पहिलो जित, पानामा विश्वकपबाट बाहिरियो

काठमाडौं । पूर्व उपविजेता क्रोएसियाले पानामालाई १-० गोल अन्तरले पराजित