१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

बुटवलमा पहिलो पटक “स्वस्थ मुख महाअभियान” सञ्चालन, निशुल्क मुख परिक्षण र प्रशिक्षण कार्यक्रम



बुटवल । लुम्बिनी प्रदेशमै पहिलो पटक बुटवलमा मुख स्वास्थ्यको क्षेत्रमा क्रियाशील संघसंस्थाको आयोजनामा “स्वस्थ मुख महाअभियान” सञ्चालन हुने भएको छ । अभियानको मूल नारा “स्वस्थ शरीरको लागि स्वस्थ मुख” र मर्म “पैसाको अभावमा कसैले दुखाइ सहन नपरोस, पैसाकै अभावमा कोही मुस्कुराउन नबिर्सियोस्” रहेको छ ।

आधुनिक समाज डेन्टल केयरको प्राविधिक सहयोगमा लायन्स क्लव अफ रुपन्देही, रोटरी क्लव अफ लुम्बिनी स्टार्स, दारी ग्याङ र आधुनिक समाज विकास फाउन्डेशनको संयुक्त आयोजनामा भदौ ४ गतेदेखि अभियान सुरु हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

अभियानका मुख्य संयोजक एवं आधुनिक समाज डेन्टल, बुटवलका अध्यक्ष अमृत भुसालका अनुसार, भदौ ४ गते बिहान ७:३० बजे बुटवल-६, पुष्पलाल पार्क स्थित संस्थाको भवन अगाडि प्रभातफेरीसहित महाअभियानको उद्घाटन गरिनेछ । पहिलो दिन दिनभर १० जना चिकित्सकसहित निशुल्क मुख परिक्षण र प्रशिक्षण प्रदान गरिनेछ भने भद्र ५ गतेदेखि आश्विन १ गतेसम्म दैनिक ३ जना दन्त चिकित्सक र प्राविधिक टोलीसहित बिहान १० बजेदेखि साँझ ६ बजे सम्म सेवा दिइनेछ ।

भुसालले अभियानमा राजनीतिक दल, स्थानीय तहका प्रमुख/उप-प्रमुख, स्वास्थ्यकर्मी, शिक्षक, बुद्धिजीवी, व्यावसायिक संघ-संस्था, सञ्चारकर्मी, पत्रकार र युवा क्लबसहित विभिन्न तहका जनप्रतिनिधिहरूको सहभागिता रहने बताए । अभियानको पहिलो चरणमा करिव २० हजार जनालाई प्रत्यक्ष निशुल्क मुख परिक्षण र मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ ।

उनका अनुसार अभियानका मुख्य लक्ष्यहरूमा जनचेतना अभिवृद्धि, आधारभूत मुख स्वास्थ्य उपचार सबैको पहुँचमा पुर्‍याउने, विद्यालयस्तरमा पाठ्यक्रममा मुख स्वास्थ्य समावेश गर्ने, अपाङ्गता भएका व्यक्तिहरूको उपचारमा समावेशिता सुनिश्चित गर्ने र नागरिक, बुद्धिजीवी तथा व्यवसायिक वर्गको सहभागिता मार्फत अभियानलाई राष्ट्रिय तहमा विस्तार गर्ने रहेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि नेपालका गभर्नर बालाराम भट्टराईले सामाजिक क्रियाकलापमा क्लवहरूको भूमिका औंल्याउँदै यसपटक मुख स्वास्थ्यलाई प्राथमिकतामा ल्याइएको बताए । दन्तरोग विशेषज्ञ डा. सुनिल खरेलले मुख स्वास्थ्य उपेक्षा गर्दा क्यान्सरसहित गम्भीर रोग निम्त्याउन सक्ने भन्दै अभियानलाई जीवनशैली सुधार्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए ।

अभियानमा रोटरी डिष्ट्रिक्ट ३२९२ का गभर्नर बिनोद कोइराला, लायन्स क्लव अफ रुपन्देहीका अध्यक्ष घनश्याम घिमिरे, रोटरी क्लव अफ लुम्बिनी स्टार्सका अध्यक्ष बिमल ढकाल, दारी ग्याङका अध्यक्ष रमेश खनाल लगायतले मुख स्वास्थ्यको महत्व औंल्याए ।

आधुनिक समाज डेन्टल, बुटवल स्थापना कालदेखि नै समाजप्रति उत्तरदायी, गुणस्तरीय सेवा प्रदायक संस्था रहेको बताउँदै अध्यक्ष भुसालले पछिल्ला वर्षहरूमा १ लाखभन्दा बढी विद्यार्थीलाई मुख स्वास्थ्य शिक्षा र निःशुल्क शिविरमार्फत सेवा प्रदान गरेको जानकारी दिए ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ४ : २९ बजे

रोल्पामा बोलेरो दुर्घटना, १६ जना घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा । चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया

निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको

बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र

आज पनि घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन