३ चैत्र २०८२, मंगलबार | March 17, 2026

अमेरिकाबाटै उपसभामुख रानाले गरिन शेखर कोइरालालाई फोन



काठमाडौं । सत्तारूढ दलहरूले आफूमाथि महाअभियोगको तयारी थालेपछि अमेरिकामा रहेकी उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग फोन सम्पर्क गरेकी छन्।

मंगलबार भएको टेलिफोन संवादमा राना मगरले सत्तागठबन्धनले चाल्न खोजेको कदमबारे चासो राखेकी थिइन । उनले कोइरालासँग प्रजातन्त्रका लागि लडेको पार्टी कांग्रेसले यस्तो कदम चाल्न लाग्नु दुःखद भएको बताएकी छिन् ।

कोइराला उपसभामुख हटाउने कार्यको विरोधमा रहेका छन् । बहुमतको दुरुपयोग गर्न नहुने उनले जनाएका छन् । रानालाई हटाउन कांग्रेसले गरेको हस्ताक्षर अभियानमा कोइराला र उनको समुहका धेरै सांसदले अहिलेसम्म हस्ताक्षर गरेका पनि छैनन् । उनीहरुले प्रयोजन नखुलाई गरिएको हस्ताक्षर अभियानमा आफुहरुले समर्थन गर्न नसक्ने जनाएका छन् ।

गत वर्ष पनि कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने प्रयास गर्दा नेता कोइरालाले विरोध जनाएका थिए।

यसअघि, अमेरिकी भिसा सम्बन्धी अन्तर्वार्ता सारिदिन संसद सचिवालयको लेटरप्याड प्रयोग गरी दूतावासलाई पत्र पठाएको विषय सार्वजनिक भएपछि उनलाई कांग्रेस र एमालेका सांसदहरूले राजीनामा दिनुपर्ने माग गरेका थिए।

यतिबेला कांग्रेस र एमाले दुबै उपसभामुखलाई पदबाट हटाउने तयारीमा जुटेका छन्। संवैधानिक परिषद्मा आफु अनुकुल निर्णय गर्ने अवस्था नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई फकाएर उपसभामुख हटाउने अभियान पुनः सुरु गरेको विपक्षीहरुले आरोप लगाएका छन् ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ६ : ०५ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन