१६ माघ २०८२, शुक्रबार | January 30, 2026

अमेरिकाबाटै उपसभामुख रानाले गरिन शेखर कोइरालालाई फोन



काठमाडौं । सत्तारूढ दलहरूले आफूमाथि महाअभियोगको तयारी थालेपछि अमेरिकामा रहेकी उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग फोन सम्पर्क गरेकी छन्।

मंगलबार भएको टेलिफोन संवादमा राना मगरले सत्तागठबन्धनले चाल्न खोजेको कदमबारे चासो राखेकी थिइन । उनले कोइरालासँग प्रजातन्त्रका लागि लडेको पार्टी कांग्रेसले यस्तो कदम चाल्न लाग्नु दुःखद भएको बताएकी छिन् ।

कोइराला उपसभामुख हटाउने कार्यको विरोधमा रहेका छन् । बहुमतको दुरुपयोग गर्न नहुने उनले जनाएका छन् । रानालाई हटाउन कांग्रेसले गरेको हस्ताक्षर अभियानमा कोइराला र उनको समुहका धेरै सांसदले अहिलेसम्म हस्ताक्षर गरेका पनि छैनन् । उनीहरुले प्रयोजन नखुलाई गरिएको हस्ताक्षर अभियानमा आफुहरुले समर्थन गर्न नसक्ने जनाएका छन् ।

गत वर्ष पनि कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने प्रयास गर्दा नेता कोइरालाले विरोध जनाएका थिए।

यसअघि, अमेरिकी भिसा सम्बन्धी अन्तर्वार्ता सारिदिन संसद सचिवालयको लेटरप्याड प्रयोग गरी दूतावासलाई पत्र पठाएको विषय सार्वजनिक भएपछि उनलाई कांग्रेस र एमालेका सांसदहरूले राजीनामा दिनुपर्ने माग गरेका थिए।

यतिबेला कांग्रेस र एमाले दुबै उपसभामुखलाई पदबाट हटाउने तयारीमा जुटेका छन्। संवैधानिक परिषद्मा आफु अनुकुल निर्णय गर्ने अवस्था नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई फकाएर उपसभामुख हटाउने अभियान पुनः सुरु गरेको विपक्षीहरुले आरोप लगाएका छन् ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ६ : ०५ बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य