३ चैत्र २०८२, मंगलबार | March 17, 2026

उपसभामुख हटाउने सत्ता गठबन्धनको प्रयास असफल बनाउने विपक्षी दलहरूको निर्णय



काठमाडौं । विपक्षी दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कांग्रेस र एमालेको प्रयासलाई असफल पार्ने निर्णय गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को आह्वानमा मंगलबार बसेको विपक्षी दलहरूको बैठकले उपसभामुख मगरलाई हटाउने कांग्रेस र एमालेको प्रयासलाई असफल पार्ने निर्णय गरेको हो ।

बैठकले उपसभामुख हटाउन चालेको कदमको घोर भर्त्सना गरेको छ । यस्तो प्रतिगामी कदमलाई असफल पार्न सम्बन्धित सबैलाई आह्वान गर्ने निर्णय बैठकपछि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । सत्तारूढ दलहरूले संवैधानिक परिषद् कब्जा गर्ने उद्देश्यले उपसभामुखलाई पदच्युत गर्न खोजेको भन्दै यसको कडा प्रतिवाद गरिने उनले प्रष्ट पारे ।

विपक्षी दलहरूले सत्तापक्षको यो प्रयास लोकतान्त्रिक मूल्य–मान्यताको अपमान भएको भन्दै यसलाई असफल पार्न संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ६ : १४ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन