२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

‘एक्टिग स्टार’की उत्कृष्ठ १० मा पर्न सफल नविनाले गृहनगर नेपालगन्जमा गरिन् मिडिया क्याम्पेन



नेपालगन्ज । एपिवन टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो ‘एक्टिंग स्टार’ को उत्कृष्ट दश (टप टेन) मा पर्न सफल भएकी नेपालगन्जकी नविना रानाभाटले गृहनगर नेपालगन्जमा आएर मिडिया क्याम्पेन गरेकी छन् । आफ्नो अभिनयको बेग्लै र गहिरो छाप छोड्दै टप टेनमा छनौट भएकी नविना ४०० बढी प्रतिष्पर्धीलाई उछिन्दै निरन्तर अघि बढिरहेकी छिन् । उनको तर्फबाट सामाजिक सञ्जालको प्लेटफर्म नेपालगन्ज ग्यालरीले मिडिया क्याम्पेन आयोजना गरेको हो ।

सो अवसरमा नेपालगन्ज आइपुगेकी नविनालाई नेपालगन्जमा भब्य स्वागत गरिएको छ । मिडिया क्याम्पेनमा नविनालाई ‘एक्टिंग स्टार’ को उपाधि दिलाउन सबैको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिइएको छ । सशक्त र जीवन्त अभिनयले जजहरुको समेत मन जितिरहेकी नविनाले निरन्तर उत्कृष्ट प्रस्तुति दिँदै आएकी छिन् । कलाकारितालाई नै अब आफ्नो मूल मन्त्र ठानेर अघि बढ्ने बताएकी नविनाले आफूलाई भोट गरिदिएर सपना साकार बनाउने अभियानमा साथ दिन सबैलाई आग्रह गरिन् ।

अबका दिनमा पनि हरेक इपिसोडमा उत्कृष्ट र दमदार प्रस्तुति दिने गरी आफ्नो तयारी रहने भन्दै उनले बाँके र लुम्बिनीका विषयबस्तुलाई पनि अभियनको ‘थिम’ बनाउने उद्घोष समेत गरिन् । नविनाले रियालिटी शोमार्फत कला कौशल देखाएर यहाँसम्म आइपुग्दा आफ्नो पहिलो सपना पूरा भएको बताउँदै अब टाइटल जित्ने आफ्नो अर्को सपना पूरा गर्न सबैको साथ आवश्यक रहेको उल्लेख गरिन् ।

नेपालगन्ज् उद्योग बाणिज्य संघका महासचिव भिम बहादुर रानाभाट र निशा रानाभाटकी छोरी नबिनालाई अब पश्चिम नेपालकी छोरी ठानेर रियालिटी शो ‘एक्टिंग स्टार’ को उपाधि दिलाउने गरी सबै लाग्नुपर्ने सहभागीहरुले बताए । उनको सशक्त अभिनय र कला क्षमताको उच्च कदरका निम्ति पनि उनी विजेता बन्नुपर्नेमा कार्यक्रममा सहभागीहरुले जोड दिए ।

कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले नविनालाई जिताउनका लागि भोट गर्न सबैलाई आह्वान गरिन् । उनले नविना नेपालगन्ज मात्रै नभएर पश्चिम नेपालकी क्षमतावान छोरी भएको भन्दै उनको जित सबैको जित हुने बताइन् ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले आफ्नो जीवन्त अभिनयमार्फत दर्शकको मत जितिरहेकी नविना नेपालगन्जको गौरब भएको बताए । उनले नविनाको अभिनय कलाको प्रोत्साहन र निरन्तरताका लागि पनि उपाधि जिताउन सबै लाग्नुपर्ने बताए । पर्याप्त भोटको अभावमा राम्रो प्रतिभा पनि छिट्टै आउट हुने अवस्था आउन सक्ने भन्दै गिरीले नविनालाई भोट गर्न कञ्जुस्याँई गर्न नहुने बताए ।

मिडिया क्याम्पेन कार्यक्रममा नबिनाका बुवा भीमले उनी अब आफ्नो मात्र छोरी नभएर समग्र कला पारखी र पश्चिम नेपालको चेली भएको भन्दै अत्याधिक भोटका लागि लागिदिन सबैलाई आग्रह गरे । नेपालगञ्ज ग्यालरीका एडमिन समिरमान श्रेष्ठले सहजीकरण गरेका क्याम्पेनमा नेपाल गद्योग ािणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, पूर्व प्रहरी उपरीक्षक बीरबहादुर वली, कांग्रेस बाँकेका सचिव सुधाँसु कोइरालालगायतले नविनालाई एक्टिंग स्टार बनाउ आफ्नो पुरा साथ रहने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  १० : ४२ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा