७ माघ २०८२, बुधबार | January 21, 2026

सुनको मूल्यमा निरन्तर गिरावट, आज थप १,६०० रुपैयाँले सस्तो



काठमाडौं । सुनको मूल्यमा लगातार गिरावट जारी छ। हिजो तोलामा १,२०० रुपैयाँले घटेको सुन आज फेरि थप १,६०० रुपैयाँले सस्तो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा सुनको मूल्य झरेर १ लाख ९३ हजार ५ सय रुपैयाँमा कायम भएको छ।

गएको मंगलबार तोलामा ८०० रुपैयाँले बढेको सुन दुई दिनमै उल्टो २,८०० रुपैयाँले घटिसकेको छ। हिजो सुनको मूल्य तोलामा १ लाख ९५ हजार १ सय रुपैयाँ थियो।

यसअघि साउन २३ गते सुन तोलामा १ लाख ९९ हजार ४ सय रुपैयाँसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। त्यसयता सुनको मूल्य ५,६०० रुपैयाँले तल झरेको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला ४५ रुपैयाँले सस्तो भई चाँदी २,२५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ११ : ३५ बजे

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व

प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा

नवलपुर-१ मा कांग्रेसभित्र किचलो, दुई उम्मेदवारको मनोनयन दर्ता

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा