७ श्रावण २०८३, बिहिबार | July 23, 2026

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा बुटवलमा भदौ ६ देखि ९ गतेसम्म “विशाल रक्तदान महादान अभियान” सञ्चालन हुँदै



बुटवल । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको आयोजनामा नेपाल र भारतका विभिन्न प्रशिक्षण केन्द्रमा चार दिनसम्म विशाल रक्तदान महादान अभियान सञ्चालन हुने भएको छ ।

विश्व बन्धुत्व दिवस तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी पूर्व अन्तर्राष्ट्रिय मुख्य प्रशाशिका राजयोगिनी दादी प्रकाशमणीको १८ औं स्मृति दिवसको अवसरमा भदौ ६ गतेदेखि ९ गतेसम्म रक्तदान महादान अभियान सञ्चालन हुने भएको हो ।

बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र क्षेत्रीय कार्यालय बुटवलले नेपालका १३३ प्रशिक्षण केन्द्रसहित भारत र अन्य एशियाली देशका केही केन्द्रमा एकैपटक रक्तदान कार्यक्रम हुने जानकारी दिएको थियो ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपाल क्षेत्रीय कार्यालय बुटवलकी सहनिर्देशक वरिष्ठ राजयोगिनी कमला दिदीले हजारौँ मानिसको जीवन जोगाउन सक्ने यो अभियानमा सहभागी हुन सबैलाई आग्रह गरिन् । उनले रक्तदान पुण्यको कार्य मात्र नभई स्वास्थ्यमा सकारात्मक प्रभाव र ऊर्जाको स्रोत हुने बताइन् । उनले एक लाख युनिट रक्त संकलन गर्ने लक्ष्यसहित अभियान सुरु गरेको बताइन ।

कार्यक्रमका सचिव तथा संयोजक राजयोगी नारायणका अनुसार नेपाल र भारतमा समेत गरि एक लाख युनिट रगत संकलन गर्ने लक्ष्यसहित अभियान सुरु गर्न लागिएको बताए ।

यस अवसरमा नियमित रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले हाल अस्पतालहरूमा रगतको माग बढेकाले सबैलाई अभियानमा जोडिन आग्रह गरे । उनका अनुसार यस्ता अभियानले नियमित रक्तदातासँगै नयाँ रक्तदातालाई पनि रक्तदानमा सहभागी हुन प्रेरित गर्नेछ ।

अभियान अन्तर्गत ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको बुटवलस्थित मुख्य कार्यालयमा भदौ ६, ७ र ९ गते रक्तदान हुनेछ । यस्तै भदौ ८ गते देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस र मुर्गियामा, भदौ ७ गते कपिलवस्तुको जितपुरमा र भदौ ९ गते नवलपरासीको परासीमा समेत रक्तदान कार्यक्रम आयोजना हुनेछ ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ६ : ०३ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट