२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

प्रेस काउन्सिलद्वारा मिडिया काउन्सिल विधेयकबारे आधिकारिक धारणा प्रस्तुत



काठमाडौँ । प्रेस काउन्सिल नेपालले मिडिया काउन्सिलसम्बन्धी विधेयकबारे सरकारलाई आधिकारिक धारणा प्रस्तुत गरेको छ ।

काउन्सिलको प्रतिनिधिमण्डलले सो आधिकारिक धारणा प्रतिवेदनको रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङलाई बुझाएको हो । संसद्मा छलफलमा रहेको उक्त विधेयकलाई थप व्यवस्थित बनाउन काउन्सिलले विभिन्न सञ्चार गृहका सम्पादक तथा विज्ञसँग लिएको सुझावसहित मन्त्री गुरुङलाई प्रतिवेदन बुझाएको हो ।

मिडिया काउन्सिल विधेयक अध्ययन तथा सुझाव उपसमितिका सदस्य एवं बोर्ड सदस्य शन्तराम विडारी, बोर्ड सदस्य विजयराज अधिकारी, उपसमितिका सदस्यसचिव तथा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल र अनुगमन अधिकृत सञ्चिता घिमिरेको टोलीले प्रतिवेदन बुझाएको हो ।

सुझावसहितको प्रतिवेदन ग्रहण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले मर्यादित र स्वतन्त्र पत्रकारिता साथै बलियो र स्वायत्त प्रेस काउन्सिलका पक्षमा सरकार रहेको जानकारी दिए ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ९ : ५० बजे

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला

नाबालिका बलात्कारको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय