२५ माघ २०८२, आइतबार | February 8, 2026

उत्कृष्ठ ३ नगर र ३ गाउँ पालिकालाई मन्त्रालयबाट सम्मान सहित प्रशंशापत्र प्रदान

उत्कृष्ठ माओवादी जनप्रतिनिधिलाई प्रचण्डको बधाई



काठमाडौं । स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा उत्कृष्ठ भएका नगर तथा गाउँपालिकाहरुलाई प्रशंशापत्र प्रदान गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज आयोजना गरेको एक कार्यक्रममा संस्थागत क्षमता स्वमूल्यांकनमा उत्कृष्ठ भएका पालिकाहरुलाई प्रशंशापत्र प्रदान गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने र सचिव रविलाल पन्थले संयुक्त रुपमा गुणस्तर परिक्षण पश्चातको नतिजा प्रतिवेदन सार्वजनिक गर्दै ती पालिकाहरुलाई प्रशंशापत्र प्रदान गरेका थिए ।

नगरपालिकाहरु मध्ये क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका नीलकण्ठ नगरपालिका धादिङ, खैरहनी नगरपालिका चितवन र तिलोत्तमा नगरपालिका रुपन्देही, एवं गाउँपालिकाहरु मध्ये क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने बेनिघाट रोराङ गाउँपालिका धादिड, रुरुक्षेत्र गाउँपालिका गुल्मी र अर्जुनचौपारी गाउँपालिका म्याङ्जालाई मन्त्रालयको तर्फबाट प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

उच्चतम अङ्ग प्राप्म गरी प्रथम स्थान हासिल गर्ने गाउँपालिका र नगरपालिकाले स्वमूल्याइनको विषयमा आ(आफ्ना अनुभव तथा सिकाइहरु आदान प्रदान गरेका थिए । कार्यक्रममा स्थानीय तह संघ महासंघका अध्यक्ष तथा प्रतिनिधिको तर्फबाट उच्चतम अङ्क प्राप्त गर्ने स्थानीय तहलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रममा बोल्दै मन्त्री भगवती न्यौपानेले गुणस्तर परीक्षणको नतिजामा उत्कृष्ट स्थान हासिल गर्ने नगरपालिका र गाउँपालिकालाई विशेष बधाई तथा धन्यवाद व्यक्त गर्दै आज शुभारम्भ भएको स्थानीय शासन कार्यसम्पादन मूल्याइन प्रणालीलाई सर्वे गाउँपालिका र नगरपालिकाले प्रभावकारी रुपमा कार्यन्वयनमा ल्याई शासकीय अभ्यासको उच्चतम प्रयोग गर्नेमा समेत विश्वास व्यक्त गरिन् । मन्त्री न्यौपानेले गाउँपालिका र नगरपालिकाले संस्थागत क्षमता स्वमूल्याङ्कन मार्फत शासकीय प्रयासमा देखाएको अग्रशरताले सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय र सुशासनमा टेवा पुगेको बताइन् ।

उत्कृष्ठ माओवादी जनप्रतिनिधिलाई प्रचण्डको बधाई
आजै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) बाट सर्बोकृष्ठ अंक सहित उत्कृष्ठ भएका माओवादी नेतृत्वका पालिकाहरुलाई बधाई ज्ञापन गरेका छन् । उनले स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) २०८०/८१ मा माओवादी केन्द्र नेतृत्वका पालिकाहरु बेनीघाट रोराङ गाउँपालिका (धादिङ) ९१.७५ अङ्कसहित प्रथम र रुरुक्षेत्र गाउँपालिका (गुल्मी) ९०.०० अङ्कसहित द्वितीय भएकोमा खुसी व्यक्त गर्दै जनमुखी शासन र पारदर्शी सेवामा अग्रसर माओवादी केन्द्रका जनप्रतिनिधिहरूलाई बधाई दिएका हुन् ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ११ : ३६ बजे

आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौं । सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको

सुनको भाउ प्रतितोला साढे ९ हजारले वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकाएक ह्वात्तै बढेको

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने

सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका

हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाकोे मृत्यु भएको