२० भदौ २०८३, शनिबार | September 5, 2026

छैठौं शुभकामना भेट्रान्स दौड : ७० वर्ष माथिका जेष्ठ नागरिक प्रतियोगी



काठमाडौं । बुद्धवीर लामा चौंधौं गितिमय सांगितिक साँझको तयारी सहित छैठौं शुभकामना भेट्रान्स दौड प्रतियोगिता सम्पन्न भएको छ । शनिवार त्रिपुरेश्वर स्थित दशरथ रंगशालाबाट शुरु भएको दौड सुन्धारा, रत्नपार्क, जमल, केशरमहल, दरबारमार्ग, सहिदगेट हुँदै पुनः रंगशालामा आएर समाप्त भएको थियो ।

बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्च नेपालको संयुक्त आयोजनामा सम्पन्न दौडमा ५० वर्ष माथि पुरुष तर्फ जापानका धावक मिजुकी मात्सुजुकी प्रथम, नेपालका राजेश महर्जन दोस्रो तथा रामकुमार रायमाझी तेस्रो हुन सफल भएका थिए । यस्तै ३५ वर्ष माथि पुरुष तर्फ दिेनेश महर्जन पहिलो, सुनिल महर्जन दोस्रो र नवराज कार्कीले तेस्रो स्थान हासिल गरे । खुल्ला पुरुष तर्फ आयुष चाम्लिङ, सुनज विक र अभिनारायण अधिकारी क्रमश पहिलो, दोश्रो र तेस्रो भए ।

यसैगरी ३५ वर्ष माथि उमेर समुहकै महिला तर्फ कल्पना महर्जन पहिलो, चारु अर्याल दोस्रो र उर्मिला शाक्यले तेस्रो स्थान हासिल गरेका छन् । ६५ वर्ष माथि पुरुष तर्फ जापानी खेलाडी नोरी हिकोवातान्ने पहिलो र नेपालका पुष्पलाल श्रेष्ठ दोस्रो हुन सफल भए । यस्तै ७० वर्ष माथि उमेर समुहको पुरुष तर्फकै प्रतिष्पर्धामा मंगलदास तण्डुकार र गजेन्द्र लाल प्रधानले क्रमश पहिलो र दोस्रो स्थान हासिल गर्न सफल भएका थिए ।

विजयी खेलाडिहरुलाई प्रमुख अतिथि किर्तिमानी धावक बैकुण्ठ मानन्धर र विशेष अतिथि बुद्धवीर लामाले पुरस्कार प्रदान गरे । प्रतियोगितामा १३० खेलाडिहरुले सहभागीता जनाएका थिए ।

प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार  १० : ०५ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार