२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

मोरङ एमालेमा चरम विवाद, अखिलमा दुई अध्यक्ष चयन



मोरङ। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङ जिल्ला कमिटीको संयोजकको भन्ने विषयमा विवाद सिर्जना भएको छ ।

एकाथरीले उपाध्यक्ष रहेका सुन्दर हरौचाका एलिस ओझा चयन भएका बताइरहदाँ नेकपा जिल्ला कमिटी सहितको टिमले भने केराबारीका संगम कन्दङ्गवालाई संयोजकका रुपमा चयन गरेको छ ।

शनिबार विराटनगरस्थित एमाले मोरङको पार्टी कार्यालयमा सम्पन्न जिल्ला कमिटीको बैठकले ओझालाई संयोजकको जिम्मेवारी प्रदान गरेको हो । अखिलका जिल्ला अध्यक्ष विरेन्द्र घिमिरेले यसअघि उपाध्यक्ष रहेका ओझालाई अनेरास्ववियु मोरङको संयोजकको जिम्मेवारी प्रदान गरेको जानकारी दिए ।

घिमिरे संगठनले जारी गरेको ३२ वर्षे उमेरहदका कारण कमिटीमा बस्न नमिल्ने भएपछि नयाँ संयोजक तोकिएको हो । ओझा सुकुना बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत हुन् ।

यता शनिवार नै अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य प्रिती दाहालको प्रमुख आतिथ्यता भएको भेलाले केराबारीका संगमलाई जिल्ला संयोजकका रुपमा चयन गरेको जनाएको छ । नेकपा एमाले जिल्ला कमिटी उपसचिव सन्तोस वान्तवा साथै अखिल कोशी प्रदेश कमिटी सहसंयोजक नवराज घिमिरे लगायतका केही जिल्ला कमिटीका पदाधिकारी बैठकले वर्तमान संयोजक घिमिरेको उमेर हदका कारण पदमा बसिरहन नपाइने भएकाले संगमलाई जिम्मेवारी दिइएको जनाएको छ । संगम केरावारीको खदम क्याम्पसका स्ववियु सभापति हुन् ।

मोरङ्गमा एमाले संस्थापन पक्ष र इतरबीच ठुलो विवाद रहँदै आएको छ । एमाले जिल्ला अधिवेशनमा एलिसका बुवा समेत रहेका राजकुमार ओझा पराजित भएका थिए । मोरङ्ग एमालेमा संस्थापन इतरकाको बहुमत रहेको छ । जसको नेतृत्व विनोद ढकालले गर्दै आएका छन् ।

ढकाल विद्या भण्डारी समुहले आयोजना गरेका हरेक कार्यक्रममा सक्रिय रहदै आएका छन् । संगमलाई समेत त्यसैको काउन्टर दिन संयोजक बनाइएको एकाथरीको टिप्पणी रहेको छ । जिल्लास्तरमा दुई गुट देखिएपछि उत्पन्न विवाद समाधानका लागि पहल भएको एक एमाले नेताले जानकारी दिए ।

 

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  १० : २० बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज