१९ असार २०८३, शुक्रबार | July 4, 2026

सिद्धार्थ बोर्डिङमा तीज विशेष कार्यक्रम सम्पन्न, विद्यार्थीहरुले देखाए मौलिक संस्कृतिको झलक



बुटवल । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा तिलोत्तमा-४, शङ्करनगरस्थित सिद्धार्थ इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कुलमा तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

पद्मादेवी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामलाल श्रेष्ठ, प्रबन्ध निर्देशक बाबुराम खनाल, प्राचार्य यम बहादुर राना, सह-प्राचार्य रमेश प्रसाद बश्याल लगायत अन्य कर्मचारीहरू उपस्थित थिए ।

विद्यार्थीहरुमा नेपाली मौलिक संस्कृतिको परिचय तथा ज्ञान हस्तान्तरण गर्ने उद्देश्यसहित आयोजित तीज नृत्य प्रतियोगिता तीन चरणमा सञ्चालन गरिएको थियो । कार्यक्रममा प्राचार्य यम बहादुर रानाले तीज पर्व नेपाली समाजको मौलिक संस्कृति भएको उल्लेख गर्दै विद्यार्थीहरुलाई परम्परा र संस्कृतिको सम्मान गर्दै अघि बढ्न आग्रह गरे ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरुले विभिन्न मौलिक सांस्कृतिक पोशाकमा तीज गीत र नृत्य प्रस्तुत गरी शिक्षक तथा सहभागी विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गरे । कार्यक्रममा तीज पर्वको ऐतिहासिक पृष्ठभूमि र यसको सामाजिक महत्वका बारेमा संक्षिप्त जानकारी पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रम अतिरिक्त क्रियाकलाप संयोजक शङ्कर पौड्यालको संयोजकत्वमा तथा मेघराज भट्टराईद्वारा सञ्चालित कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान प्राप्त विद्यार्थीहरुलाई मेडल, शिल्ड र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ९ : २६ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०