२० मंसिर २०८२, शनिबार | December 6, 2025

सिद्धार्थ बोर्डिङमा तीज विशेष कार्यक्रम सम्पन्न, विद्यार्थीहरुले देखाए मौलिक संस्कृतिको झलक



बुटवल । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा तिलोत्तमा-४, शङ्करनगरस्थित सिद्धार्थ इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कुलमा तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

पद्मादेवी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामलाल श्रेष्ठ, प्रबन्ध निर्देशक बाबुराम खनाल, प्राचार्य यम बहादुर राना, सह-प्राचार्य रमेश प्रसाद बश्याल लगायत अन्य कर्मचारीहरू उपस्थित थिए ।

विद्यार्थीहरुमा नेपाली मौलिक संस्कृतिको परिचय तथा ज्ञान हस्तान्तरण गर्ने उद्देश्यसहित आयोजित तीज नृत्य प्रतियोगिता तीन चरणमा सञ्चालन गरिएको थियो । कार्यक्रममा प्राचार्य यम बहादुर रानाले तीज पर्व नेपाली समाजको मौलिक संस्कृति भएको उल्लेख गर्दै विद्यार्थीहरुलाई परम्परा र संस्कृतिको सम्मान गर्दै अघि बढ्न आग्रह गरे ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरुले विभिन्न मौलिक सांस्कृतिक पोशाकमा तीज गीत र नृत्य प्रस्तुत गरी शिक्षक तथा सहभागी विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गरे । कार्यक्रममा तीज पर्वको ऐतिहासिक पृष्ठभूमि र यसको सामाजिक महत्वका बारेमा संक्षिप्त जानकारी पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रम अतिरिक्त क्रियाकलाप संयोजक शङ्कर पौड्यालको संयोजकत्वमा तथा मेघराज भट्टराईद्वारा सञ्चालित कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान प्राप्त विद्यार्थीहरुलाई मेडल, शिल्ड र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ९ : २६ बजे

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा