१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

खजुरामा यसवर्ष पनि तीज महोत्सव हुँदै : १६ जना फाइनलमा भिड्दै



खजुरा । बाँकेको खजुरामा आयोजना गरिने वृहत तीज महोत्सव तथा एकल नृत्य प्रतियोगिताको लागि अडिशन राउण्ड सम्पन्न भएको छ । न्यू डाँफे स्पोर्ट्स क्लब खजुराको मुख्य आयोजनामा तीजको दिन हुने महोत्सवका लागि गरिएको अडिशनबाट १६ जना प्रतिस्पर्धी फाइनल राउण्डका लागि छनोट भएका छन् ।

कुल २८ जनाले अडिशन राउण्डमा भाग लिएका थिए ।अडिशन राउण्डमा वरिष्ठ कलाकार छवि आले, नृत्य निर्देशक नबराज सुवेदी, डान्सर कलाकार दीपेन्द्र बिसीले निर्णायकको भुमिका खेलेका थिए ।

हरितालिका तीजको अवसर पारी हरेक वर्ष हुने तीज महोत्सवलाई निरन्तरता दिँदै यस पटक पनि एकल तीज नृत्य प्रतियोगिता सहितको कार्यक्रम गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक रिना थापा (कसम) ले जानकारी दिइन् ।

फाइनलका लागि छनोट भएका प्रतिस्पर्धीले भाद्र १० गते हुने बृहत खजुरा तीज महोत्सव २०८२ मा सहभागी हुने न्यू डाफे स्पोर्ट्स क्लबका सचिव बालाराम खत्रीले जानकारी दिए । भाद्र १० गते हुने बृहत तीज महोत्सव साथै एकल तीज नृत्य प्रतियोगितामा प्रथम द्वितीय तृतीय र सन्तवना हुने प्रतिस्पर्धीहरूले आकर्षक पुरस्कारसहित नगद रकम पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने प्रतियोगीले नगद ५० हजार, द्धितिय हुनेले ३० हजार, तृतीय हुनेले १५ हजार र सान्तवना हुने प्रतियोगीले ५१ सय नगदसहित पुरस्कृत हुनेछन् । प्रतियोगिताको लागि आवश्यक सबै पुरस्कार अमेरिकामा रहेका समाजसेवी लिल बहादुर थापाले सौजन्य गरेका छन् ।

तीज महोत्सवमा विभिन्न विद्यालय, क्लबहरुको सामूहिक नृत्य प्रस्तुति रहने क्लबका प्रेस सल्लाहकार महोत्सवका सहजकर्ता खगेन्द्र दाहालले जनाए । महोत्सव सम्पन्न गर्न स्थानीय निकाय, संस्था, क्लब लगायत सँगको सहकार्य रहेको आर्थिक संयोजक दान बहादुर गुरुङले जानकारी दिए । भोलि हुने तीज महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ५ : २२ बजे

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की । त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौं । देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन