१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि



तनहुँ । तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका-२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो ।

नयाँ मेडिकल कलेज चितवनमा परीक्षण गर्दा ती वृद्धमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए ।

ती वृद्धमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण देखिएपछि कार्यालयले रोगको सम्पर्क परीक्षण तथा जनचेतना कार्यक्रम गरेको छ । कार्यालय प्रमुख अमर दवाडीको नेतृत्वमा उक्त वडामा पुगेर स्थानीयवासीको सम्पर्क परीक्षण गरिएको कँडेलले बताए ।

जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने रोग हो । यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्भङ्ग बनाउनुका साथै बिरामीको मृत्युसमेत हुने स्वास्थ्यकर्मी बताउँछन् ।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  ८ : ५४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा