काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बुधबार उनलाई काठमाडौंको भोटाहिटीबाट पक्राउ गरेको हो ।
साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार, एक महिलाको चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएको उजुरी हुलाकमार्फत दर्ता भएपछि महरलाई पक्राउ गरिएको हो । उनले थप जानकारी दिँदै महरलाई थुनामा राखेर अनुसन्धानका लागि आवश्यक म्याद थप गर्न बुधबारकै दिन काठमाडौं जिल्ला अदालतमा पेस गरिएको बताए ।
स्थायी घर बझाङ भएका महर अनेरास्ववियु हुँदै एमालेमा केन्द्रीय राजनीतिसम्म पुगेका नेता हुन् । उनले विगतमा संघीय सांसदको उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए । तर, उक्त निर्वाचनमा उनी नेकपा (एकीकृत समाजवादी)का नेता भानुभक्त जोशीसँग पराजित भएका थिए ।



















प्रतिक्रिया