३० असार २०८३, मंगलबार | July 14, 2026

सामाजिक सञ्जालमार्फत चरित्रहत्या आरोपमा एमाले नेता ऐन महर पक्राउ, म्याद थपका लागि अदालत लगियो



काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बुधबार उनलाई काठमाडौंको भोटाहिटीबाट पक्राउ गरेको हो ।

साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार, एक महिलाको चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएको उजुरी हुलाकमार्फत दर्ता भएपछि महरलाई पक्राउ गरिएको हो । उनले थप जानकारी दिँदै महरलाई थुनामा राखेर अनुसन्धानका लागि आवश्यक म्याद थप गर्न बुधबारकै दिन काठमाडौं जिल्ला अदालतमा पेस गरिएको बताए ।

स्थायी घर बझाङ भएका महर अनेरास्ववियु हुँदै एमालेमा केन्द्रीय राजनीतिसम्म पुगेका नेता हुन् । उनले विगतमा संघीय सांसदको उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए । तर, उक्त निर्वाचनमा उनी नेकपा (एकीकृत समाजवादी)का नेता भानुभक्त जोशीसँग पराजित भएका थिए ।

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  ५ : ०४ बजे

प्राज्ञिक सुधार र सुशासनमा केन्द्रित हुन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयलाई दलीय राजनीतिक गतिविधिमुक्त

मिडियामा गाडी पार्किङ घटनामा जोसुकै भएपनि छानबिन र कारबाही हुनुपर्छ : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको

प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित