१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु, ४ जना घाइते



धनगढी । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा चार जनाको घटनास्थलमै ज्यान गएको छ ।

उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेर नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ४ जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले जानकारी दिए ।

दुर्घटनाबाट अन्य चार जना घाइते भएका छन् । घाइते हुनेमा नवदुर्गा–५ बस्ने १८ वर्षीया सुशिला विक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जिप चालक ३५ वर्षीय रामबहादुर साउद छन् । प्रहरीका अनुसार घाइतेहरुमध्ये सुशिला विक र जिप चालक रामबहादुर साउदको अवस्था गम्भीर छ ।

घाईतेहरुलाईै उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । आज बिहान करिब सवा नौ बजेतिर जिप दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको उल्लेख गर्दै जिप दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  ११ : ४८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले