९ चैत्र २०८२, सोमबार | March 23, 2026

ओलीकै सहमतिमा विद्यालाई पार्टी सदस्यता दिइयो, चीन भ्रमणपछि भने विवाद देखियो : प्रचण्ड



विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई राजनीतिमा ल्याएर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने बाटो खोलिदिएको दाबी गरेका छन् ।

आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई राजनीतिमा ल्याएपछि विद्यादेवी भण्डारीलाई पनि राजनीतिमा आउन बाटो खुलेको बताएका हुन् ।

‘मैले पहिला उपराष्ट्रपतिजीलाई पार्टीको सक्रिय राजनीतिमा ल्याइसकेपछि त्यसले कहीँ न कहीँ प्रत्यक्ष या परोक्ष विद्याजीलाई ढोका खोल्दिएकै छ ।’ उनले भने ।

उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन संविधानले नरोक्ने उल्लेख गर्दै संविधानले ऐनले कानुनले कसैले पनि राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनु नभनेको स्पष्ट पारे । संबिधानले पार्टी राजनीतिमा नआउनु भनेको छैन ।’ उनले भने ।

उता नेकपा एमालेले भने राष्ट्रपति भएका व्यक्ति सक्रिय राजनीतिमा फर्कन नहुने भन्दै विद्या भण्डारीको नविकरण भइसकेको पार्टी सदस्यता समेत नवीकरण नगर्ने निर्णय गरेको छ । पहिला प्रधानमन्त्री ओलीकै सहमतिमा विद्यालाई पार्टी सदस्यता दिइएको बताउँदै उनले चीन भ्रमणपछि भने विवाद देखिएको बताए ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  १२ : ०७ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा