१ पुस २०८२, मंगलबार | December 16, 2025

ओलीकै सहमतिमा विद्यालाई पार्टी सदस्यता दिइयो, चीन भ्रमणपछि भने विवाद देखियो : प्रचण्ड



विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई राजनीतिमा ल्याएर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने बाटो खोलिदिएको दाबी गरेका छन् ।

आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई राजनीतिमा ल्याएपछि विद्यादेवी भण्डारीलाई पनि राजनीतिमा आउन बाटो खुलेको बताएका हुन् ।

‘मैले पहिला उपराष्ट्रपतिजीलाई पार्टीको सक्रिय राजनीतिमा ल्याइसकेपछि त्यसले कहीँ न कहीँ प्रत्यक्ष या परोक्ष विद्याजीलाई ढोका खोल्दिएकै छ ।’ उनले भने ।

उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन संविधानले नरोक्ने उल्लेख गर्दै संविधानले ऐनले कानुनले कसैले पनि राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनु नभनेको स्पष्ट पारे । संबिधानले पार्टी राजनीतिमा नआउनु भनेको छैन ।’ उनले भने ।

उता नेकपा एमालेले भने राष्ट्रपति भएका व्यक्ति सक्रिय राजनीतिमा फर्कन नहुने भन्दै विद्या भण्डारीको नविकरण भइसकेको पार्टी सदस्यता समेत नवीकरण नगर्ने निर्णय गरेको छ । पहिला प्रधानमन्त्री ओलीकै सहमतिमा विद्यालाई पार्टी सदस्यता दिइएको बताउँदै उनले चीन भ्रमणपछि भने विवाद देखिएको बताए ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  १२ : ०७ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच