६ पुस २०८२, आइतबार | December 21, 2025

आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय



काठमाडौं । भक्तपुर जिल्ला अदालतले सामाजिक अभियन्ता भनिएकी आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङ र अर्का प्रतिवादी शरण तिरूवालाई आपराधिक उपद्रव मुद्दामा दोषी ठहर गर्दै कैद सजाय तोकेको अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन् ।

उनीहरूलाई कैद सजायसँगै जनही ५ सय रुपैयाँ जरिवाना, ८ हजार ३ सय रुपैयाँ क्षतिपूर्ति पीडितलाई बुझाउने र पीडित राहत कोषमा २०० रुपैयाँ योगदान गर्ने आदेश दिइएको छ ।

सूर्यविनायक नगरपालिकाले साँगामा निर्माण गरेको झोलुङ्गे पुलमा रकम उठाउने विषयमा आशिका लगायतले अवरोध पुर्‍याएको र पालिकाले राखेको सूचना च्यातेको आरोप थियो । सोही आधारमा नगरपालिकाले प्रहरीमा जाहेरी दर्ता गरेको थियो ।

उक्त घटनाबारे प्रहरी, सरकारी वकिल र अदालतमा आशिका तामाङले गल्ती स्वीकार गरेको समेत जानकारी गराइएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  ६ : ४८ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र