१३ माघ २०८२, मंगलबार | January 27, 2026

राष्ट्रियसभाको बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने



काठमाडौं । राष्ट्रियसभा बैठक आज दिउँसो १ः१५ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ अर्थमन्त्री विष्णु पौडेलले दिने कार्यसूची रहेको छ ।

त्यस्तै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्नेछन् ।

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।

आजको बैठकमा प्रस्तुत हुने विधेयकहरूलाई महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  ७ : ३७ बजे

युवराज सफल पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय एवं विभिन्न विषयमा अदालतमा रिट

कांग्रेसले चुनावी घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राख्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा

काठमाडौंका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई

काठमाडौं । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको

आट्विनको टोलीद्वारा महिला हिंसा र मानव बेचबिखनका एजेण्डा घोषणापत्रमा समेट्न आग्रह

काठमाडौं । महिला हिंसा र मानव बेचबिखनविरुद्धका एजेण्डालाई आगामी निर्वाचन

बद्री न्यौपाने नेतृत्वको चुरे भावर पार्टी नेकपामा विलय

काठमाडौं । बद्रीप्रसाद न्यौपाने नेतृत्वको चुरे भावर पार्टी नेपाली कम्युनिस्ट