१० पुस २०८२, बिहिबार | December 25, 2025

एससीओ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज चीन जादै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान ७ बजे हिमालयन एयरलाइन्सको चार्टर्ड फ्लाइटमार्फत चीन प्रस्थान गर्दैछन् । उनी भदौ १४ देखि १८ गतेसम्म चीनमा हुने शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रमका लागि चीन प्रस्थान गर्न लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीको नेतृत्वमा २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डल चीन गएको छ । सो टोलीमा उनकी पत्नी राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा र उच्चपदस्थ कर्मचारीहरू पनि छन् ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा ६ मुलुकका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनले चीनका राष्ट्रपति सी चिनफिङ, रसियाका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. हुन मानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै वार्ता गर्ने निश्चित भएको छ ।

भदौ १६ गते उनले तियानजिनमा हुने एससीओ–प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । साथै, भदौ १७ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटघाट गर्ने कार्यक्रम छ । भदौ १८ मा प्रधानमन्त्री ओली बेइजिङमा आयोजना हुने दोस्रो विश्वयुद्धको विजयको ८०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनेछन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि एससीओ सम्मेलनका लागि चीन जान लागेका छन् । यद्यपि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा मोदीसँग द्विपक्षीय भेटवार्ताबारे प्रष्ट पारिसकेका छैनन् । परराष्ट्र मन्त्रालयका अनुसार समय मिलाउने प्रयास भइरहेको छ । संसदमा सांसदहरूले चीन भ्रमणका क्रममा लिपुलेकको विषय चीन र भारतसँग उठाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । पत्रकारहरूसँग कुराकानी गर्दै ओलीले उच्चस्तरीय भेटवार्तामा लिपुलेक मुद्दा उठाउने बताएका थिए ।

प्रधानमन्त्री ओली भदौ १८ गते बेलुकी साढे १० बजे स्वदेश फर्कने कार्यक्रम छ । उनले यसअघि २०८१ मंसिरमा चीनको औपचारिक भ्रमण गरेका थिए ।

प्रकाशित मिति : १४ भदौ २०८२, शनिबार  ५ : ४२ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु