२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बुटवलमा अत्तवारी पर्वका अवसरमा आज सार्वजनिक बिदा



बुटवल । बुटवल उपमहानगरपालिकाले आज एक दिन स्थानीय सार्वजनिक बिदा दिएको छ । उपमहानगरपालिकाले बड्का अत्तवारी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।

उपमहानगरपालिकाले विज्ञप्ति जारी गर्दै नगरभित्रका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थासमेत बन्द हुने जानकारी गराएको छ । नगरप्रमुख खेलराज पाण्डेयले हस्ताक्षर गरिएको सूचनामा पर्वको अवसरलाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको उल्लेख छ ।

अत्तवारी पर्व स्थानीय समुदायले धार्मिक आस्था, सांस्कृतिक परम्परा र ऐतिहासिक मान्यतासहित मनाउने गरेको महत्वपूर्ण चाड हो । यस दिन विशेष पूजा–अर्चना, मेलापात तथा विभिन्न धार्मिक कार्यक्रम हुने भएकाले बुटवल उपमहानगरपालिकाले नगरवासीलाई सहज वातावरण उपलब्ध गराउन सार्वजनिक बिदा दिएको हो ।

बिदासँगै बुटवल उपमहानगरपालिकाभित्र रहेका सम्पूर्ण कार्यालय, विद्यालय र स्वास्थ्य संस्था आज बन्द रहनेछन् ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ८ : ३२ बजे

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका