१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पहिलो जननिर्वाचित महिला नेत्री प्रधानको स्मरण



काठमाडौँ । मतदानमा महिलाको मताधिकार स्थापित गराउन सफल भएको दिनको सम्झनामा भदौ १७ गतेलाई सदैव स्मरण गरिने भएको छ ।

पहिलो जननिर्वाचित महिला नेता साधना प्रधान र उहाँले महिलाको मताधिकार स्थापित गर्न गरेको राजनीनित सङ्घर्षको प्रतिफलका रूपमा भदौ १७ गतेलाई विशेष दिनका रूपमा मनाउन सुरु गरिएको हो ।

साधना प्रधान पहिलो जननिर्वाचित महिला नेता मात्र नभएर, पहिलो महिला सम्पादक, एसएलसी पास गर्ने पहिलो चार महिलामध्ये एक महिला पनि थिइन् ।

अखिल नेपाल महिला सङ्घ र साधन स्मृति समाजले आज पहिलोपटक साधना प्रधानको सम्झानामा नेपाली महिलाले पहिलोपटक मताधिकार प्रयोग गरेको दिन एवं प्रथम महिला जनप्रतिनिधि साधना प्रधानको स्मरणमा पुस्तक समेत सार्वजनिक गरेको छ ।

पहिलो महिला मुख्यमन्त्रीको जिम्मेवारीमा सम्हाली सकेकी नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले घरको जिम्मेवारी सम्हालेर पुरुषलाई राजनीतिक अभियानमा लाग्न प्रेरित गर्ने महिलाको भूमिकालाई पनि राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने बताइन् ।

उनले विवाहपश्चात् साधना प्रधानले घरको जिम्मेवारी सम्हाली दिएकै कारण मनमोहन अधिकारीले राजनीतिको उच्च तहमा पुग्न सफल भएको भन्दै महिलाको त्यो कामलाई पनि राजनीतिक आन्दोलनको रूपमा मूल्याङ्कन गर्नुपर्ने बताइन् ।

विषम् राजनीतिक अवस्थाका क्रममा आन्दोलनको अगुवाइ गरेका दुई महिलालाई सो अवसरमा सम्मान गरिएको छ । विसं २०४३ मा तत्कालीन चम्पादेवी गाउँ पञ्चायत (कीर्तिपुर)मा उपप्रधानपञ्चमा निर्वाचित भवानी रिजाल (भानु) र तत्कालीन इटहरा गाउँ पञ्चायत मोरङका उपप्रधानपञ्चमा निर्वाचित गङ्गा डाँगीलाई सम्मान गरिएको छ । कार्यक्रममा दुई सम्मानित महिला नेताहरूले भूमिगत अवस्थामा आफूहरूले गरेको राजनीतिक सङ्घर्षको स्मरण गरेका थिए ।

नेपाल महिला सङ्घका अध्यक्ष उषा रावतले आफ्नो सङ्गठनले पनि अगुवा राजनीतिक महिलाहरूको दस्तावेज राख्ने काम गरिरहेको उल्लेख गर्दै साधना प्रधानको राजनीतिक जीवनीको किताबले आफूहरूलाई त्यो कामका लागि मार्गनिर्देश गर्ने बताइन् ।

नेकपा (केन्द्र माओवादी) का नेता तथा पूर्वमन्त्री शशि श्रेष्ठले सबै राजनीतिक महिलाहरूको साझा आन्दोलनको परिणामस्वरूप अहिलेको उपलब्धि भएकाले त्यसको रक्षाका लागि सबै दलका महिला एक हुनुपर्ने विचार राखिन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका महिला नेता, सांसद, पूर्वमन्त्री, स्थानीय तहका महिला प्रतिनिधिलगायतका सहभागिता थियो । कार्यक्रममा नेकपा एमाले नेता तथा अनेमसङ्घ इञ्चार्ज सीता पौडेल, काठमाडौँ महानगरपालिकाका पूर्वमेयर विद्या सुन्दर शाक्यलगायतले साधना प्रधानको राजनीतिक जीवनका बारेमा स्मरण गरेका थिए ।

साधना स्मृित समाजका अध्यक्ष शान्ति अधिकारीले भदौ १७ लाई अब प्रत्येक वर्ष दिवसका रूपमा मनाउन, साधना प्रधानको राजनीतिक सङ्घर्षले प्राप्त उपलब्धिको स्मरण गर्न समाजको स्थापना भएको बताइन् । अनेमसङ्घ अध्यक्ष टुकाभद्र हमालले भदौ १७ गते दिवसका रूपमा मनाउने नेतृत्व अनेमसङ्घले लिने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा साधना प्रधानको राजनीतिक जीवन समेटिएको पुस्तक साधना विमोचन गरिएको थियो । साधना स्मृित समाजले प्रकाशन गरेको पुस्तकको संयोजन डा विन्दा पाण्डेले गरेकी हुन् ।

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  ९ : ०० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा