२६ असार २०८३, शुक्रबार | July 10, 2026

प्रहरी महानिरीक्षक थापाको बिदाइ



काठमाडौँ । सेवानिवृत्त प्रहरी महानिरीक्षक दीपक थापाको बिदाइ गरिएको छ । आज गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय आयोजित एक कार्यक्रमकाबीच सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापालाई शुभकामनासहित बिदाइ गरे ।

उक्त अवसरमा गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापालाई बधाई दिँदै सेवा निवृत्तपछिको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे ।

सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापाले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवं इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उनले आगामी दिनमा पनि आवश्यकताअनुरूप राष्ट्रको सेवाका लागि थप महत्त्वपूर्ण योगदान गर्नेछन् भन्ने शुभकामनासमेत व्यक्त गरे ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति सुव्यवस्था, अमन चयन कायम गर्ने जस्तो महत्वपूर्ण र मुख्य जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापालाई बधाई दिँदै सेवानिवृत्त जीवन अझ बढी स्वस्थ, रचनात्मक र क्रियाशील रहोस् भन्ने शुभकामना प्रदान गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी जस्तो गौरवशाली तथा नागरिकको अत्यन्तै नजिक रहेको र देशको आन्तरिक सुरक्षाको मेरूदण्डका रूपमा रहेको सुरक्षा निकायको सदस्य भई देश र नागरिकको सेवा एवं सुरक्षामा आफूलाई समर्पित गर्ने अवसर प्राप्त हुनु सौभाग्य र गौरवको विषय भएको बताए ।

उनले आफ्नो कार्यकालको अवधिमा संविधान र प्रचलित कानुनले प्रदान गरेको जिम्मेवारी पूर्ण इमानदार रहँदै पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको उल्लेख गर्दै उक्त अवधिमा नेपाल प्रहरीको समयानुकूल आधुनिकीकरण, साङ्गठनिक सुदृढीकरण, विकास र स्तरोन्नतिका लागि नेपाल सरकार, गृहमन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्गनिर्देशनका लागि कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका वरिष्ठ अधिकारीलगायतको उपस्थिति थियो ।

अवकाश पाएका थापा बिदाइ भएसँगै नवनियुक्त आईजीपी चन्द्रकुबेर खापुङले भने बिहीबारदेखि प्रहरीको ३२ औँ आईजीपीका रूपमा कमान्ड सम्हाल्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  ९ : ३२ बजे

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा