६ माघ २०८२, मंगलबार | January 20, 2026

कतारमा मृत्यु भएका मनोज बरामको शव ल्याइदिन आग्रह



गोरखा । कतारमा मृत्यु भएका यहाँको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका मनोज बरामको शव ल्याइदिन आफन्तजनले सरकारसँग आग्रह गरेका छन् ।

वैदेशिक रोजगारीका लागी विगत १२ वर्षदेखि कतारमा रहेका बराम गत शनिबार राति सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । ४२ वर्षीय बराम केही वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए । “त्यहाँ शनिबार बिदा हुने रहेछ । त्यो दिन साथिभाईहरुसँग खानपिन गरेर सुतेका रहेछन्, बिहान उठ्दै उठेनन”, वडा सदस्य गोलबहादुर बरामले भने, “रातको २ बजेसम्म श्रीमती पवित्रा बरामसँग कुराकानी भएको रहेछ ।”

बरामको एक छोरा र एक छोरी छन् । उनको आर्थिक अवस्थासमेत कमजोर रहेकाले मृतकको शव नेपाल ल्याउन हालसम्म कुनै पहल नभएको वडा सदस्य बरामले बताए । उनका बुबा र भाई शारीरिक अपाङ्ग छन् ।

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  ९ : ४१ बजे

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज

शेरबहादुर देउवा चुनाव नलड्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

निर्वाचन आउन ४४ दिन बाँकी : उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल