१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

शिक्षक महासङ्घद्वारा आज ५ दलका कार्यालयमा धर्ना



काठमाडौं । नेपाल शिक्षक महासङ्घले आज विभिन्न पाँच राजनीतिक दलका कार्यालय अगाडि धर्ना कार्यक्रम आयोजना गर्ने भएको छ।

महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सामाजिक सञ्जालमार्फत सबै शिक्षकलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन्। सो धर्ना कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने कार्यक्रम दिउँसो १ बजेसम्म चल्ने उनले जानकारी दिएका छन् । आफ्ना मागमा दलहरूको ध्यान आकर्षित गर्न यो कार्यक्रम आयोजना गरिएको सुवेदीले जनाएका छन् ।

महासङ्घका अनुसार, अध्यक्ष सुवेदीले बबरमहलस्थित कतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यालयमा हुने धर्नाको संयोजन गर्नेछन्। त्यस्तै सहअध्यक्ष नानुमाया पराजुलीले जनमत पार्टी कार्यालयमा हुने कार्यक्रमको संयोजन गर्नेछिन्।

यसैगरी, उपाध्यक्ष पुष्प कुँवरलेजनता समाजवादी पार्टी कार्यालयमा, महासचिव तुलाबहादुर थापाले नागरिक उन्मुक्ति पार्टी कार्यालयमा र सचिव कल्पना पनेरुले राष्ट्रिय जनमोर्चा कार्यालयमा धर्नाको संयोजन गर्ने जिम्मेवारी पाएका छन्।

 

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ९ : ११ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज