३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

नेपाल अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगोः परराष्ट्रमन्त्री



काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रही आएको बताएकी छिन् ।

संयुक्तराज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुइओटा स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्न आज यहाँ आयोजित सामारोहमा मन्त्री डा राणाले उक्त सहयोग नेपाल र अमेरिका बीचको दिगो मित्रता र सहकार्यको प्रतिक भएको बताएकी हुन् ।

अमेरिका प्रजातान्त्रिक शासन प्रणालीको सुदृढीकरण, मानवतावादी सहयोग, विपद् व्यवस्थापन, शान्ति स्थापना तथा क्षमता विकासमा नेपालको एक विकास साझेदार र भरपर्दो मित्र रहेको पनि स्पष्ट गरिन। उनले अमेरिकासँगको नेपालको मित्रता र सहकार्य सधैँ शान्ति, स्थायित्व र मानव सेवाको उद्देश्यमा समर्पित रहेको बताउँदै नेपाललाई गर्दै आएको निरन्तर सहयोगका लागि अमेरिकी सरकार र अमेरिकी जनतालाई धन्यवाद ज्ञापन गरिन् ।

मन्त्री डा राणाले निरन्तर समर्पण र अनुशासनका साथै राष्ट्रियता, विश्व शान्ति र सुरक्षाप्रति अटूट प्रतिबद्धता प्रदर्शन गर्दै आएकामा नेपाली सेनाको प्रशंसा गरिन् । त्यस समारोहमा परराष्ट्र मन्त्री डा राणा, रक्षामन्त्री मानवीर राइ र प्रधान सेनापति अशोकराज सिग्देललाई अमेरिकी राजदूत डिन आर थम्पसनले ती स्काइ ट्रक हस्तान्तरण गरेका थिए । ती स्काइ ट्रक विपद् र उद्धारका क्रममा सेवा दिन र एयर एम्बुलेन्सको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ५ : ०६ बजे

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौँ । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको