१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु



खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल प्रतियोगिता सुरु गरिएको छ । फागुन ३० गते शनिबारदेखि चैत ६ गतेसम्म सञ्चालन हुने प्रथम खजुरा नाइट फुटबल प्रतियोगिताको उद्घाटनसँगै पहिलो दिन तिन खेल सम्पन्न भएका छन् ।

खजुरामा खेलकुदका गतिविधिमा सक्रिय ब्रोदर्स स्पोर्टस क्लबको आयोजनामा भइरहेको पाँच–ए–साइड फुटबल प्रतियोगितामा बाँके जिल्लाका विभिन्न स्थानबाट १६ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता रातिको समयमा सञ्चालन हुने भएकाले मैदानमा विशेष प्रकाश व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ । बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन रूपमा आयोजना गरिएको फुटबल प्रतियोगिता भएकाले खेलप्रेमीका लागि यो प्रतियोगिता निकै रोचक मानिएको छ ।

प्रतियोगिताको पहिलो खेल न्यु डाँफे स्पोर्टस् क्लब र न्यु दर्पण युवा स्पोर्टस् क्लबबीच सम्पन्न भएको थियो । उक्त खेलमा न्यु दर्पण युवा स्पोर्टस् क्लब विजयी बन्न सफल भयो । त्यसैगरी दोस्रो खेल आयोजकको लेजेन्ट टिम र साहरा एफसीबीच प्रतिस्पर्धा भएको थियो । सो खेलमा आयोजकको लेजेन्ट टिमले जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको खेल संयोजक भरत घर्तीले जानकारी दिए ।

तेस्रो हुने आयोजक टिम र सम्सेरगन्ज बीचको खेलमा सम्सेरगन्जको टिम नआउदा आयोजकले वाकओवर पाएर स्वत विजयी बनेको थियो । ब्रोदर्स स्पोर्टस् क्लबका अध्यक्ष विवेक सागर पौडेलको अध्यक्षतामा सम्पन्न खेलको उद्घाटन खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर रोकाले रेफ्रीलाई बल हस्तान्तरण गर्दै गरेका थिए ।

उद्घाटन कार्यक्रममा स्थानीय खेलप्रेमी, युवाहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रतियोगिताको मुख्य उद्देश्य खजुरा क्षेत्रमा खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्नु, युवाहरूलाई खेलप्रति आकर्षित गर्नु तथा खेलमार्फत सामाजिक एकता र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमलाई २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक घर्तिले जनाए । प्रतियोगिताको फाइनल खेल चैत ६ गते हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  १० : १७ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति