२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

हरियाली यातायात प्रालिको सातौँ वार्षिक साधारणसभा सम्पन्न



बुटवल । हरियाली यातायात प्रालिको सातौँ वार्षिक साधारणसभा शुक्रबार बुटवलमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन रिक्सा व्यवसायी संघ तथा रिक्साधनी चालक भलाई कोषका पूर्व अध्यक्ष इन्द्रध्वज मल्लले गरेका थिए ।

उद्घाटन कार्यक्रममा मल्लले व्यवसायी तथा चालकहरूको हकहित संरक्षणमा संस्थाले अझ अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले दुर्घटनाको जोखिम न्यूनीकरण र समस्याको समाधानमा संस्थाले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै सबै व्यवसायीलाई संस्थामा आबद्ध भई नियम-अनुशासन पालना गर्दै व्यवसाय अघि बढाउन आग्रह गरे ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद तिवारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजना सार्वजनिक गरे । उनले बुटवल उपमहानगरपालिकाले ई-रिक्सा व्यवस्थापनमा समन्वय नगरी एकलौटी ढंगले अघि बढ्दा समस्या झन् बढेको बताए । हाल दर्ता गरिएको संख्याभन्दा दोब्बर ई-रिक्सा सञ्चालनमा रहेकाले दुर्घटनाको जोखिम बढेको उनको भनाइ थियो । उनले लामो समयदेखि दर्ता भई नियमअनुसार व्यवसाय गरिरहेका सञ्चालकलाई समस्यामा पारिएको उल्लेख गरे ।

अध्यक्ष तिवारीका अनुसार, प्रालिले यात्रुका छुटेका लाखौँ रुपैयाँबराबरका बहुमूल्य सामान तथा नगद सम्बन्धित व्यक्तिलाई खोजेर बुझाउँदै आएको छ ।

कोषाध्यक्ष प्रज्वल शेखर बज्राचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरे, जसलाई साधारणसभाले सर्वसम्मतिले पारित गर्यो । यस्तै सञ्चालक गोपालप्रसाद रिजालले सरकारले अनिवार्य गरेको इम्बोस्ड नम्बर प्लेटका विषयमा ध्यानाकर्षण गराउँदै, हाल बुटवलमा नारायणी र राप्ती अञ्चलका थुप्रै ई-रिक्सा सञ्चालन भइरहेकोले लुम्बिनी अञ्चलमार्फत व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा सञ्चालक देवानन्द चापागाईं, सल्लाहकार कृष्णबहादुर कार्कीलगायतले पनि आ-आफ्नो धारणा राखेका थिए । सो अवसरमा पूर्व व्यवस्थापक कमल पोखरेललाई सम्मानसहित विदाई गरियो ।

कार्यक्रम सदस्य नेत्रप्रसाद गैरेको स्वागत र कोषाध्यक्ष प्रज्वल शेखर बज्राचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । हाल हरियाली यातायात प्रालिमा ३ सयभन्दा बढी व्यवसायी आबद्ध छन् ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ५ : ०२ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज