२६ माघ २०८२, सोमबार | February 9, 2026

चाडपर्व लक्षित दुर्घटना न्यूनिकरण अभियानमा प्रहरी र यातायात क्षेत्रको सहकार्य



बुटवल । नजिक आईरहेका दशैं तिहार जस्ता चाडपर्वमा सवारी ब्यबस्थापन र दुर्घटना न्यूनिकरण अभियानमा सरोकारवालाहरुबिच सहकार्य आवश्यक रहेको एक कार्यक्रममा चर्चा गरियो । चाडपर्वमा यात्रु र सवारी दुबैको चाप बढ्ने भएकोले चुनौतीको रुपमा रहेको सवारी ब्यबस्थापन र संभावित दुर्घटना न्यूनिकरणका लागि सरकारी र निजिक्षेत्र बिच समन्वय र सहकार्य आवश्यक रहेको बताइएको छ ।

पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.द्वारा आयोजित सवारी ब्यबस्थापन तथा दुर्घटना न्यूनिकरण अभियानमा बोल्ने बक्ताहरुले प्रहरी र यातायात क्षेत्रका ब्यबसायी, मजदुरका साथै यात्रुहरुको समेत महत्वपुर्ण भुमिका हुने कुरामा जोड दिएका थिए । राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय बुटवलका प्रहरी निरिक्षकईश्वरी अधिकारीले सडक प्रयोगकर्ता यात्रु, सवारी साधनको अवस्था, भौगोलिक अवस्था, छाडा चौपाया, मौसमको गडबडी लगायत सवारी दुर्घटनाका कारण धेरै हुने भएपनि प्रमुख जिम्मेवारी चालकको हुने बताए ।

वरिष्ठ सहायक निरिक्षक ज्ञानु पाण्डेले सवारी ब्यबस्थापन र दुर्घटना न्यूनिकरणका लागि प्रहरी सँगसँगै यातायात ब्यबसायी, चालक, मजदुर र यात्रु सबै उत्तिकै जिम्मेबार हुनुपर्ने धारणा ब्यक्त गरेका छन् । चाडपर्वमा हुनसक्ने संभावित दुर्घटनाबाट आफुपनि बँच्न र अरुलाई पनि बचाउन सबै सरोकारवाला पक्षलाई गम्भिर हुन आग्रह गर्दै वसनि पाण्डेले यसमा चालकहरु बढि जिम्मेबार हुनुपर्ने बिचार ब्यक्त गरेका थिए ।

पश्चिम नेपाल बस प्रा.लि.का संचालकहरु नारायण प्रसाद घिमिरे, जितेन्द्र खत्री, यातायात मजदुर संगठनका उपाध्यक्ष ठाकुर गैरे, बतास कमर्सियल भेहिकल प्रा लि.का ठाकुर कुमार गाहा, हरि भट्टराई, प्रदिप पौडेल लगायतले सामान्य यात्राका साथै धार्मिक कार्य,जन्म र मृत्युपछिको दाहसंस्कार जस्तो महत्वपुर्ण यात्राको लागि समेतसवारी चालकको भरमा यात्रा गर्नुपर्ने भएकोले पेशालाई सम्मानित र मर्यादितबनाइरहने मुख्य दायित्व पनि चालकहरूको भएको कुरामा जोड दिएका थिए ।

कार्यक्रममा करिब २ सय जना यातायात ब्यबसायी, चालक तथा सहचालकहरु सहभागि रहेको प्रा.लि.ले जनाएको छ । बिसं २०६६ सालदेखि निरन्तर संचालनमा रहेको प्रशिक्षण अभियान अन्तर्गत हालसम्म ८ हजार ७ सय भन्दा बढि ब्यबसायी, चालक र सहचालकलाई प्रशिक्षण प्रदान गरिएको प्रा.लि.का संचालक नारायण घिमिरेले जानकारी गराए ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ५ : २९ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

चितवन । चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको