६ श्रावण २०८३, बुधबार | July 22, 2026

पश्चिम नेपाल बस व्यवसायी प्रालिको पदस्थापन तथा जिम्मेवारी बांडफाड सम्पन्न, अध्यक्षमा खरेल चयन



बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रालिको अध्यक्षमा दधिराम खरेल चयन भएका छन । शुक्रबार बसेको सञ्चालक समितीको बैठकले खरेललाई अध्यक्ष चयन गर्नुका साथै प्रवन्ध सञ्चालकमा रामचन्द्र भुसाल र लेखा सञ्चालकमा मोहन पिएस लाई जिम्मेवारी दिएको छ ।

चैत १७ गते सम्पन्न प्रालिको निर्वाचनमा ११ जना सञ्चालक निर्वाचित भएका थिए । निर्वाचित सञ्चालकहरुको शुक्रबार नै सपथ ग्रहण तथा पदस्थापन भएको थियो । सपथ ग्रहणपछि सम्पन्न प्रालिका सञ्चालकहरुको पहिलो बैठकले खरेल, भुसाल र पिएसको जिम्मेवारी संगै प्रालिको नियमावली अनुसार आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्युनिकरण प्रमुखमा नारायणप्रसाद घिमिरे, व्यवसायी संरक्षण साखा प्रमुखमा गोपाल बहादुर पौडेल, कल्याणकारी शाखा प्रमुखमा जिवन कुमार बन्जाडे र क्यु विभाग प्रमुखमा चेतनारायण बेल्वासेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यहि चैत १६ गते प्रालिको चौथो साधारणसभा तथा दोश्रो अधिवेशनका उद्घाटन भएको थियो भने १७ गते सञ्चालक तथा रुट संयोजकहरुको निर्वाचन भएको थियो । यसैबीच पश्चिम नेपाल बस व्यवसायी प्रालिको दोश्रो अधिवेशनबाट निर्वाचित ११ सदस्यीय संचालक समितिको सपथग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

अधिवेशनबाट तत्कालिन अध्यक्ष दधिराम खरेल नेतृत्वको प्यानल विजयी भएको थियो । प्रालिको विधान अनुसार कुल १३ सदस्यीय संचालक समितिमा २ जना सदस्य मनोनित गर्ने प्रावधान रहेको छ । प्रालिका नवनिर्वाचित संचालकहरुको सपथग्रहण र पदस्थापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले समृद्ध शहर निर्माणमा यातायात व्यवसायीहरुको भुमिका महत्वपुर्ण हुने बताए । यातायात क्षेत्रका समस्या समाधान गर्न आफु सदैव तत्पर रहेको उल्लेख गर्दै नगरप्रमुख पाण्डेले समस्या समाधानका लागि स्थानिय सरकार यातायात व्यवसायीहरुसँग सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा प्रालिका अध्यक्ष दधिराम खरेलले यातायात व्यवसायीहरुले आफ्नोहकहित संरक्षणका साथै सामाजिक विकासमा पुराएको योगदानको चर्चा गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यमा तिनै तहका सरकारसँग सहकार्य गरेर अघि बढ्न सकिने धारणा व्यक्त गरे । मुलुकको समग्र बिकासमा यातायात व्यवसायी र मजदुरहरुको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्दै यातायात क्षेत्रको पुर्वाधार बिकासमा समन्वय र सहकार्य आवश्यक रहेको कुरामा उनको जोड रहेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ८ : ५७ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको