१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सालझण्डी व्यापार संघको १२ अधिवेशन सम्पन्न



बुटवल । रुपन्देही व्यापार संघ सालझण्डी शाखाको १९ औं साधारणसभा तथा १२ अधिवेशन सर्वसम्मत नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

अधिवशेनले तारा शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसमा उपाध्यक्ष भुवानसिंह बराल, सचिवमा प्रेरणा चन्द मल्ल, कोषाध्यक्षमा नवराज खनाल तथा सहसचिवमा रामु पाण्डे रहेका छन । सदस्यहरुमा उमेश घिमिरे, ऋषिराम सापकोटा, नारायण थापा र नारायणी घर्तीमगर रहेका छन ।

अधिवेशनको एक समारोहकावीच रुपन्देही व्यापार संघका निर्वमान अध्यक्ष कृष्ण प्रसाद घिमिरेले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि घिमिरेले अर्थतन्त्रमा देखिएको मन्दी र व्यवसायमा आएका समस्याहरुलाई सहजिकरण गर्दै व्यवसायीक एकतामा जोड दिए । उनले साना व्यवसायीहरुको समस्या बोल्ने संस्थाहरुको कमी भएको बताउदै व्यापार संघ सधै व्यवसायीहरुका साथमा रहदै आएको जिकिर गरे ।

कार्यक्रममा रुपन्देही व्यापार संघका कार्यबहाक अध्यक्ष प्रकाश ढकालले व्यवसायमा दिनहु वढ्दै गएको असुरक्षा र चुनौतिहरुलाई हटाउन राज्यले अग्रसरता लिनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा रुपन्देही व्यापार संघका सल्लाहाकार खिमानन्द पोखरेल, रुपन्देही व्यापार संघका कार्यसमिति सदस्य तथा शाखा इन्चार्ज कुल बहादुर विसी, सैनामैना नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे, सैनामैना नगरपालिका वडा नं. ११ का वडा सदस्य ज्ञान बहादुर विष्ट, सैनामैना सुनचादी व्यवसायी संघका नगर अध्यक्ष निर्मल कुमार विश्वकर्मा लगायत बोलेका थिए ।

कार्यक्रम शाखा अध्यक्ष तारा बहादुर वमरेलको अध्यक्षता, शाखा सचिव प्रेरणाचन्द मल्लको सञ्चालन तथा शाखा उपाध्यक्ष शुशिला अर्यालको स्वागतमा भएको थियो ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ५ : ३९ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू